Posts

Showing posts from January, 2018

गजल

Image
एक "गजल" दुखाउने त हजार छन बाले भन्नुहुन्थ्यो नदुखाउनु कसैको मन बाले भन्नुहुन्थ्यो उनि मेरो अङ्गालोमा मुस्कुरा'को देखेपछि बन्नु तिमीहरू मुनामदन बाले भन्नुहुन्थ्यो हामी त डाँडा माथिका घामहरु भइसक्यौ सफल बनोस्  तिम्रो जीवन बाले भन्नुहुन्थ्यो जात भात ठूलो सानो , केही हुदै होइन नि तिमीबाट सुरु गर परिवर्तन बाले भन्नुहुन्थ्यो ©"भुइँमान्छे"

गजल

Image
  मुटुभरिको माया तिमीलाई दिएर जादैछु  बदलामा ती तिम्रा आँसुहरु लिएर जादैछु  तिमी पराई बन्छौ होला , नभेटु भो भन्छौ होला अन्तिम पटक तिम्रो अधर पिएर जादैछु कता कता डुल्यौ होला, कहाँ कहाँ पुग्यौ होला पुगेका ती हर चोकहरु सम्झिएर जादैछु . एकल यात्री म हुनेछु , तिमीलाई सम्झि रुनेछु यस्तै एउटा भिन्न जीवन जिएर जादैछु पूरा हुन्थे तिमी हुदा आधा भाको छु अचेल सगरमाथा सोच्थे आफ्लाई भत्किएर जादैछु

गजल

Image
तिमी मलाई भूलेर कति दिन बाच्छौ ! पराई सँग झुलेर कति दिन बाच्छौ !! तिम्लाई गुलाफसँग दाँजेको छु मैले ! काडाँको बिच फुलेर कति दिन बाच्छौ !! एउटा पागल प्रेमी भन्दै थ्यो मलाई ! बिषै बिषमा घुलेर कति दिन बाच्छौ !! तिम्लाई तिम्रो ज्यानको खतरा छ प्रिया ! आफ्नै शत्रुसँग् डुलेर कति दिन बाच्छौ !! ©           भुइँमान्छे  

गजल

कुकुरको झै होला या मानिस झै मराई हेर्नू छ ! कसले देला संवेदना कस्ले देला बधाई हेर्नू छ!! छोरी मात्रै छन मेरा दुनियाँ छोरा चाहिन्छ भन्छ ! कसले बोक्ला मेरो लास कस्ले झोस्ला सलाई हेर्नू छ !! धेरै ठुलो , सुल्झाउन नसक्ने आपत परोस् मलाई ! को छन मेरा आफन्त को छन मेरा पराई हेर्नू छ !! हरपल हसाउला , खुसि बनाउला भन्दै छिन प्रिया ! मुखको मात्रै हो कि भनाइ या हो गराई हेर्नू छ !! छर्न त माया कै बिज छर्नु छ यो सहरै सहर भरि ! के फल्ला , मया या घृणा फलाई हेर्नू छ !! पैसा पैसा भन्दै कुदिरहेछन् यी सारा मान्छेहरु ! मैले भने पैसा बिना यो जीवन चलाई हेर्नू छ !! .

गजल

 गजल गण्डकी बेचेर अनि कर्नाली बेचेर उ ठुलो नेता भा छ महाकाली बेचेर नेताले हाम्लाई यति सम्म गरेछन मख्ख छ आफ्नै पहिचान् नेपाली बेचेर गरिबीले यति सम्म सतायो मलाई बिहानको छाक टारे आज् फाली बेचेर  महल् बनाउने सपना साचेको छ रे आफ्नै चेलीबेटी र प्यारी साली बेचेर  गजल कार हरु प्रति कामना मेरो कलम किन्नु न परोस कोदालि बेचेर भुइँमान्छे

गजल

एक "गजल" . दुखाउने त हजार छन बाले भन्नुहुन्थ्यो नदुखाउनु कसैको मन बाले भन्नुहुन्थ्यो .  "आशा"मेरो अङ्गालोमा मुस्कुरा'को देखेपछि बन्नु तिमीहरू मुनामदन बाले भन्नुहुन्थ्यो . हामी त डाँडा माथिका घामहरु भइसक्यौ सफल बनोस्  तिम्रो जीवन बाले भन्नुहुन्थ्यो . जात भात ठूलो सानो , केही हुदै होइन नि तिमीबाट सुरु गर परिवर्तन बाले भन्नुहुन्थ्यो . जसरि नि "आशा"लाई मेरै बुहारी बनाउनु प्रवाह नगर आफन्तजन बाले भन्नुहुन्थ्यो . ©"भुइँमान्छे"