Posts

नयाँ वर्ष २०८० को शुभकामना !

Image
नयाँ दिन, नयाँ बर्षको । "भुइँमान्छे" नयाँ जोस, जाँगर बोकेर आएको यो नयाँ वर्ष २०८० ले तपाईको सम्पुर्ण इच्छाहरु पुरा गरुन् । आफुलाई नङ्गाएका छन् रुख बोट बिरुवाले अब नयाँ पालुवाहरु पलाउने छन र सुन्दर र हराभरा बन्ने छन रुख बोटबिरुवाहरु । उराठ देखिएका डाडाँकाडाँहरुमा बर्षाका थोपाहरु सँगै पुनः हरियाली छाउने छन् , हिमालका फेदिहरुमा आफुलाई रातै बनाएर फुलाएका छन गुँरास पाखाहरुले । हिँउहरु मुस्कुराइरहेका छन् हिमालतिर । यतिबेला भर्खर युद्ध जितेर फर्किएका राता मान्छेको झ-झल्को दिइरहेछन हिमाली पाखाहरुले । पहाडका फेदिहरु, करेसाबारीहरु, आगनका डिलहरु, बारिका कान्लाहरुमा आप, आरु, आरुपखाडा, लिच्चि इत्यादी फुलफुलले चिचिला हालेका छन मिठा मिठा फलफुल जन्माउने अभिलाषामा । घरतिर फर्किएर रमाईरहेछन  र थपिरहेछन सुन्दरता घरलाई ।  फेरिएको त साल मात्रै हो हिजो २०७९ थियो आजबाट २०८० । उहि छ बार, हिजो पनि शुक्रबार, शनिबार, आइतबार..... हरु नै सात बार थिए भोलि पनि पालै पालो यहि बारहरु घुमिरहन्छन् । गते उहि छ १,२,३,४ .............. अनि महिना पनि उहि छ, बैशाख, जेष्ठ, असार............  ।  साल फेरिदाको यो...

पुरानो "प्रेम-पत्र"

Image
एक जमाना थियो, खुबै लेख्थे, अनेक लेख्थे । आजकल म ति पुराना लेखहरु हरेर मुस्कुराउछु र जस्ताको त्यस्तै यता राख्दिन् मन लाग्यो । (१५ डिसेम्बर २०१५ मा फेसबुकमा पोस्ट गरेको) प्रिय मान्छे, लेख्न मिल्थ्यो या मिल्दैन थ्यो, हजुरसँग अनुमति माग्न मन लागेन,यदि मागेको भए हजुरले नलेख भन्नुहुन्थ्यो या लेख भनेर प्रोत्साहन गर्नुहुन्थ्यो यी केही थाहा छैन मलाई, लेख्न मन लागेपछि लेखिहाल्ने बानी परेको मलाई यो लेख्दै गर्दा मनले नलेख भनेन त्यसैले लेखे, नरिसाउनु है । "भुइँमान्छे" प्रिय मान्छे, कोहि मान्छेहरू भन्छन् जिन्दगी लामो छ अनि केही मान्छेहरू भन्छन जिन्दगी छोटो छ । म स्वयम् अचेल दुबिधामा परेको छु छोटो छ या लामो छ जिन्दगी, हुन त हजुर हरपल जिन्दगी लामो छ भन्नुहुन्छ, तर अचेल जुनबेला हजुर म सँग हुनुहुन्छ त्यो बेला एकदमै छिटो दौडिन्छ समय, जब म बाट छुट्टिनु हुन्छ , चल्दै चल्दैन घडिका सुइहरु । यस आधारमा म भन्न सक्छु कि, हजुरसँगै जीवन काट्न पाए भने छोटो, खुसि, रमाइलो र सन्तुष्ट हुनेछ जिन्दगी, यदि हजुर हुनुभएन् भने लामो, दुखि, निराश र उराठ बन्नेछ जिन्दगी । प्रिय मान्छे, चोखो प्रेम सधैं सुमधुर हुन्छ, च...

गजल

Image
नसोध मलाई मेरा दुख पिडा बा भन्नुहुन्छ रसाउला नि फेरि तेरा आखाँ बा भन्नुहुन्छ ॥ धेरै दुख पिडा सहेर हुर्काएकि छिन तलाई बग्न नदिनु आसु आमाका बा भन्नुहुन्छ ॥   हास्नेछन दुनियाँ तँ रोएको देखेपछि अरुको अघि आसुँ नबगा बा भन्नुहुन्छ ॥   रमाउन , खुसि हुन सिक्नु पर्छ तैले अब किन बनाउछस मलिन चेहरा बा भन्नुहुन्छ ॥   अबरोध बिनाको जिन्दगी खै के जिन्दगी अघि बढ्नु पन्छाएरै बाधा बा भन्नु हुन्छ ॥   ©" भुइँमान्छे"

नयाँ जिन्दगी

Image
फोन आयो रिसिभ गरे " हजुर" म बोले " के छ खबर ?" उताबाट आवाज आयो " ठिक छु अनि तपाईं ?" " के रे ? कहिले देखि म तेरो तपाईं भए , जतिसुकै मान खोज न , बिहे नभइ तँलाई तपाईं भन्दिनँ ।" " अरे बिहे पछि नि तँ भन्नू , मलाई हजुरले तँ भनेको मन पर्छ ।" " बिहे पछि पनि तँ भने त सासू/ससुरा अनि समाजले के भन्लान ?" " अरुले जे सुकै भनुन न , हजुर र म प्रेम गरेको थाहा पाए भने नि तपाईं , मेरो सासू/ससुरा अनि समाजले के भन्लान ?" " के रे ?" थाहा छ , अब उ रिसाउछे र मलाई फकाउन आउदैन , उसलाई कहिल्यै मैले हजुर तपाईं भनेको मन पर्दैन तर मलाई ? उसलाई मन पर्दैन भनेर भनेको पटक्कै होइन । म त उसलाई सम्मान गर्न चहान्छु । यस्तो लाग्छ संसारमा आमाले झै माया गर्ने अर्को मान्छे उहीँ त हो । नत्र किन बिहान उठ्नु अघि आमाले जे भन्नुहुन्छ उ त्यहीँ किन भन्छे ? म पनि अचम्म मा छु । " अँ अनि तेरो खबर के छ ?"   कुरा छलिदिन्छु " तेरो निश्चल माया पाउन्जेल केही हुदैन , जुन दिन तेरो माया पाउदिन अनि सोच्नुपर्ला ।" " त...

"बिद्यालय हाम्रो घर" बाल-कविता

Image
छोरा छोरी   झै   माया   गर्ने   गुरु   गुरुआमा   हाम्रो  ! अरु   भन्दाआफ्नैं   बिद्यालय   लाग्छ   सधै   राम्रो !!   पढि लेखि   ज्ञानी   भई   असल   बन्ने   रहर ! खेल्दै   खेल्दै   सिक्ने   बिद्यालय   हाम्रो   घर   !!   "भुइँमान्छे"  गर्नु   हुन्न   झै-झगडा   मिलनसार   बनौं   साथि  !  असल   भई   ज्ञानी   भई   बन्नु   पर्छ   जाती  !!    राम्रो बाटो हिडाउनुहुन्छ हामीलाई मिस सर   !  ज्ञान गुनका कुरा सिकाउने बिद्यालय हाम्रो घर !!   पढ्छौं लेख्छौं , नाच्छौं गाउछौं मिलि साथीभाइ ! फुर्सदमा खेल्छौं हामी पनि चउरमा रमाइ रमाइ   !!   नियमित जान्छौं बिद्यालय हुन्नौं पर पर   !!   असल बनि ठुलो बन्छौं , बिद्यालय हाम्रो घर   !!

अयोध्या नेपालकै भन्नुको भित्रि रहस्य

Image
"भुइँमान्छे" नेपाली भाषाका आदिकवि तथा नेपाली भाषा रामायणका रचियता भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा भानुभक्तको भेसभुषामा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । सधैं टुक्का र हचुवाको भरमा बोल्ने बानी भएका ओलीले कुनै अध्ययन र अनुसन्धान बिना किन त्यसो भने त्यो त कि उनि जानुन कि त उनका आसेपासे र हनुमानहरु नै जानुन् ।  भोलि अयोध्या नेपालकै प्रमाणित होला वा नहोला त्यो पछिकै कुरा हो । बहस हुदै जाला त्यस बिषयमा  तर  दुई बर्ष पहिले ११ मे २०१८ मा जनकपुरमा मोदिका जस्तै पोशाकमा  रामायण सर्किटको सोच अनुसार दुइ   देशबीच धार्मिक पर्यटनको विकासमा टेवा पुर्याउन भन्दै  जनकपुर अयोध्या जनकपुर सिधा बस सेवाको उद्घाटन गरेका  प्रधानमन्त्री ओलिले हिजो किन त्यसो भने ?    त्यस भित्र  महत्वपुर्ण  दुइ कारण लुकेको प्रष्ट देखिन्छ । जनकपुरमा उस्तै पोशाकमा सम्बोधन गर्दै ओलि  र मोदि पहिलो  कारण पार्टिमा जानकारी नै नग...

चिताबाट उठाएको लास

Image
मुर्दा काँधमा बोकेर ऊ हेर्नुस् त कोही आइरहेछ मसानघाटको बाटो चुक घोप्टाए झैँ यी निष्पट रातहरुमा। "भुइँमान्छे" खै कसरी देख्यो उसले कोही त्यो मसानघाटबाट आउँदै गरेको? ऊ आफैमा अचम्मित छ देखेको हो त्यो बूढो आकृति जसलाई पहिल्यै राता मान्छेले ढलाएका थिए हो त्यही बूढो मुर्दा बोकेर हिँडिरहेछ। अरुले देखेनन् उसले मात्रै देखिरह्यो चिताबाट उठाएर लिई हिँडेको त्यो लास ..... । अँ त्यो लास केटाको थियो या केटीको धनीको थियो या गरिबको हिन्दुको थियो या मुस्लिमको ठूलो जातको थियो या सानोको थियो त सिर्फ लास थियो। त्यो बूढो मान्छे बोकेर हिँडिरहेथ्यो लास। (पहिलो पोस्टमा ९ साउन २०७२ मा प्रकाशित)