"बिद्यालय हाम्रो घर" बाल-कविता
छोरा छोरी झै माया गर्ने गुरु गुरुआमा हाम्रो ! अरु भन्दाआफ्नैं बिद्यालय लाग्छ सधै राम्रो !! पढि लेखि ज्ञानी भई असल बन्ने रहर ! खेल्दै खेल्दै सिक्ने बिद्यालय हाम्रो घर !! "भुइँमान्छे" गर्नु हुन्न झै-झगडा मिलनसार बनौं साथि ! असल भई ज्ञानी भई बन्नु पर्छ जाती !! राम्रो बाटो हिडाउनुहुन्छ हामीलाई मिस सर ! ज्ञान गुनका कुरा सिकाउने बिद्यालय हाम्रो घर !! पढ्छौं लेख्छौं , नाच्छौं गाउछौं मिलि साथीभाइ ! फुर्सदमा खेल्छौं हामी पनि चउरमा रमाइ रमाइ !! नियमित जान्छौं बिद्यालय हुन्नौं पर पर !! असल बनि ठुलो बन्छौं , बिद्यालय हाम्रो घर !!