Posts

Showing posts from July, 2019

गन्थन मन्थन

Image
भुइँमान्छे पढ्नु छ, अल्छि लाग्यो सामाजिक सञ्जालमा आजकाल त्यति मन जादैन । के गर्ने? ल्यापटप लिएर बसे, लाग्यो शब्दहरु थुपारु, कोरे मनमा जे आउछ त्यहि मलाई थाहा छ यो लेख बन्दैन, निबन्ध कक्षा दश तिरै लेख्न तानब लाग्थो के लेख्नु ? कबिता, कथा लेख्न सक्ने भएकै छैन अझै । यो शव्दहरुको थुप्रो, भकारि बनाउनु छ र थन्काउनु छ जिन्दगीको उत्तरार्धमा । थाहा छ, बिगतमा फर्किएपछि, बर्तमानमा आउन कठिन हुन्छ । तर पनि मन भित्रको क्रान्तिकारी भाव उर्लिदिन्छ र भन्छ “अरे, क्रान्तिकारीहरु नै त हुन कठिन कामहरु गर्ने ।“ कुनै बेला जिन्दगीमा कुनै त्यस्ता पल थिए जुन मनले सम्झिदा आँखाहरुमा श्रावण बनिदिन्थे र बगाउथे सँगै हुने सपना । तर अपसोच, आजकाल अच्चमित हुन्छ यो मन त्यो बेलाको “म” पात्र देखेर । बेला फेरियो ? म फरिए ? पात्र पो फेरियो कि ? समय पनि त उहि छैन नि होइन र? जिन्दगीमा “खास” लाग्ने मान्छेहरु भेट्दा, केहि लक्षणहरु देखा पर्दा रहेछन् र दोहोरि रहदा रहेछन् भेट्दा । अक्सर मुस्कान सहित झरि पर्दा आउने मान्छेहरु, उपहारमा श्रावण दिएर जादा पनि त रहेछन् । त्यो झरि, त्यो पार्क अनि त्यो छाता, मुटु बिझाइरहने “य...

श्रावण

Image
शब्दहरु खेलाउन बानी नपरेको मान्छे म, जान्दै जान्दिन, जानेको भए तपाईलाई पढिरहुँ झैं लाग्ने लिखिरहन्थे, तर पनि कहिलेकहि यसो शब्दहरु थुपार्न मन लाग्दो रहेछ । हो त्यहि रहरको हिस्सा मात्रै हो यो, करिब चार बर्ष पहिले थुप्राएको यो थुप्रो, कतै हेरफर गर्न मनले मानेन । मनले नै नमानेपछि जबरजस्ती गर्न मन लागेन । देखिनलाई थुप्रो मात्रै देखिएपनि जिन्दगीका अनुपम “याद”हरु मध्येको एक जरुर हो । जसले जिन्दगी बाच्नका निम्ति हरपल प्रेरणा दिइरहन्छ । भुइँमान्छे एउटै टेबुलको  आमुन्ने  सामुन्ने छौ हामी   हातमा हरिया, पहेला चुरा छन उसका  सायद उसलाई पनि त श्रावण लाग्यो होला नी  उ  आफ्ना  हातका चुरा हेर्छे  एउटा चुरा एसो ताने जस्तो गर्छे  २ टुक्रा हुन्छ चुरा  म गाली गर्छु चुरा फुटाएकोमा  उ मौन रहन्छे र फुटेका दुई टुक्रा मध्ये  एउटा  आफ्नो  कालो सलमा बेटर्छे  भन्छे "हेर्छु नि हजुरले मलाई कति माया गर्नुहुन्छ " र फुटाउछे फेरि  दुइटुक्रा मात्र हुन्छ चुरा  उ रिसाउछे र भन्छे  "नाई तपाईं त मा...