गन्थन मन्थन
भुइँमान्छे पढ्नु छ, अल्छि लाग्यो सामाजिक सञ्जालमा आजकाल त्यति मन जादैन । के गर्ने? ल्यापटप लिएर बसे, लाग्यो शब्दहरु थुपारु, कोरे मनमा जे आउछ त्यहि मलाई थाहा छ यो लेख बन्दैन, निबन्ध कक्षा दश तिरै लेख्न तानब लाग्थो के लेख्नु ? कबिता, कथा लेख्न सक्ने भएकै छैन अझै । यो शव्दहरुको थुप्रो, भकारि बनाउनु छ र थन्काउनु छ जिन्दगीको उत्तरार्धमा । थाहा छ, बिगतमा फर्किएपछि, बर्तमानमा आउन कठिन हुन्छ । तर पनि मन भित्रको क्रान्तिकारी भाव उर्लिदिन्छ र भन्छ “अरे, क्रान्तिकारीहरु नै त हुन कठिन कामहरु गर्ने ।“ कुनै बेला जिन्दगीमा कुनै त्यस्ता पल थिए जुन मनले सम्झिदा आँखाहरुमा श्रावण बनिदिन्थे र बगाउथे सँगै हुने सपना । तर अपसोच, आजकाल अच्चमित हुन्छ यो मन त्यो बेलाको “म” पात्र देखेर । बेला फेरियो ? म फरिए ? पात्र पो फेरियो कि ? समय पनि त उहि छैन नि होइन र? जिन्दगीमा “खास” लाग्ने मान्छेहरु भेट्दा, केहि लक्षणहरु देखा पर्दा रहेछन् र दोहोरि रहदा रहेछन् भेट्दा । अक्सर मुस्कान सहित झरि पर्दा आउने मान्छेहरु, उपहारमा श्रावण दिएर जादा पनि त रहेछन् । त्यो झरि, त्यो पार्क अनि त्यो छाता, मुटु बिझाइरहने “य...