श्रावण

शब्दहरु खेलाउन बानी नपरेको मान्छे म, जान्दै जान्दिन, जानेको भए तपाईलाई पढिरहुँ झैं लाग्ने लिखिरहन्थे, तर पनि कहिलेकहि यसो शब्दहरु थुपार्न मन लाग्दो रहेछ । हो त्यहि रहरको हिस्सा मात्रै हो यो, करिब चार बर्ष पहिले थुप्राएको यो थुप्रो, कतै हेरफर गर्न मनले मानेन । मनले नै नमानेपछि जबरजस्ती गर्न मन लागेन । देखिनलाई थुप्रो मात्रै देखिएपनि जिन्दगीका अनुपम “याद”हरु मध्येको एक जरुर हो । जसले जिन्दगी बाच्नका निम्ति हरपल प्रेरणा दिइरहन्छ ।


भुइँमान्छे


एउटै टेबुलको आमुन्ने सामुन्ने छौ हामी 
हातमा हरिया, पहेला चुरा छन उसका 
सायद उसलाई पनि त श्रावण लाग्यो होला नी 
उ आफ्ना हातका चुरा हेर्छे 
एउटा चुरा एसो ताने जस्तो गर्छे 
२ टुक्रा हुन्छ चुरा 
म गाली गर्छु चुरा फुटाएकोमा 
उ मौन रहन्छे र फुटेका दुई टुक्रा मध्ये 
एउटा आफ्नो कालो सलमा बेटर्छे 
भन्छे "हेर्छु नि हजुरले मलाई कति माया गर्नुहुन्छ "
र फुटाउछे फेरि 
दुइटुक्रा मात्र हुन्छ चुरा 
उ रिसाउछे र भन्छे 
"नाई तपाईं त माया नै गर्नुहुन्न मलाई"
म फेरि चुरा फुटाउन लगाउछु 
अहिले तीन टुक्रा हुन्छ चुरा 
उ औंधि खुसि हुन्छे र भन्छे 
"हजुरले जति त कसैले गर्दैन मलाई माया"
उ फुटेका चुराहरुमा तौलिन्छे मेरो प्यार
म उसका निश्चल आखाहरुमा खोजीरहन्छु .
के प्रेम चुराहरुले ब्यक्त गर्लान ?
या आखाहरुले ? 
अबाक छु म ।
तर साच्चै "म उसलाई आफुभन्दा बढि माया गर्छु ।"



"भुइँमान्छे"

Comments

Popular posts from this blog

आई लभ यु , डेभिड

"बा" - राजु पुडासौनी

पुरानो "प्रेम-पत्र"