धोका
"भुइँमान्छे" जब निभ्छ "आशा" को दियो गर्ल्याम गुर्लुम ढलिदिन्छ "बिश्वास" को धरहरा सजायका यावत् स्वप्नहरु जब जलेर खरानी भइदिन्छन् श्वास फेर्दा फेर्दै उभिदिन्छ जिन्दगी मृत्युको कठघरामा अँध्यारो अौसिको रातमा चल्छ जीवन आफ्नै "आशा"का दियोहरु ठड्याइएका "बिश्वास" का धरहराहरु र देखिएका उज्ज्वल स्वप्नहरु आखै अगाडि दागबत्ती दि रहदा अहो ! कुन ढुङ्गा हो र मन नपग्लि बस्न प्रेमका ठुलाठुला सिद्धान्त दिनेले आकर्षक खोल भरेर उहीँ धोका , पीडा अनि चोटहरु बिक्रि गरिरहेछन् त्यहि पसलबाट अन्जानमा किनी ल्याएको प्रेम बारबार सताउछ अचेल मान्छेहरुलाई गरिबको झुपडीमा चाडपर्वले सताए झै अमृत भनी किनिल्याएको बिषका बोत्तलहरु नपिउदै उ छट्पटीदै छ अलिकति पिएको भए अलिकति शरीरमा छर्केको भए कहिल्यै नबिउझिने गरि निदाउथ्यो होला चिर निन्द्रामा ।। ©भुइँमान्छे !