नयाँ जिन्दगी
फोन आयो रिसिभ गरे " हजुर" म बोले " के छ खबर ?" उताबाट आवाज आयो " ठिक छु अनि तपाईं ?" " के रे ? कहिले देखि म तेरो तपाईं भए , जतिसुकै मान खोज न , बिहे नभइ तँलाई तपाईं भन्दिनँ ।" " अरे बिहे पछि नि तँ भन्नू , मलाई हजुरले तँ भनेको मन पर्छ ।" " बिहे पछि पनि तँ भने त सासू/ससुरा अनि समाजले के भन्लान ?" " अरुले जे सुकै भनुन न , हजुर र म प्रेम गरेको थाहा पाए भने नि तपाईं , मेरो सासू/ससुरा अनि समाजले के भन्लान ?" " के रे ?" थाहा छ , अब उ रिसाउछे र मलाई फकाउन आउदैन , उसलाई कहिल्यै मैले हजुर तपाईं भनेको मन पर्दैन तर मलाई ? उसलाई मन पर्दैन भनेर भनेको पटक्कै होइन । म त उसलाई सम्मान गर्न चहान्छु । यस्तो लाग्छ संसारमा आमाले झै माया गर्ने अर्को मान्छे उहीँ त हो । नत्र किन बिहान उठ्नु अघि आमाले जे भन्नुहुन्छ उ त्यहीँ किन भन्छे ? म पनि अचम्म मा छु । " अँ अनि तेरो खबर के छ ?" कुरा छलिदिन्छु " तेरो निश्चल माया पाउन्जेल केही हुदैन , जुन दिन तेरो माया पाउदिन अनि सोच्नुपर्ला ।" " त...