Posts

Showing posts from February, 2017

एमालेले तुरुन्त सार्वजनिक रुपमै माफि मागोस्

Image
संबिधान संशोधनको एजेन्डा के थियो र के हुँदैछ अहिलेसम्म सबैलाई प्रष्ट भैसक्यो होला । न त एउटा संशोधनले देश टुक्राटुक्रा हुन सक्थ्यो, न त संशोधन पास नभएर निर्वाचनमा जाने प्रक्रिया नै रोकिन सक्थ्यो । तर एकोहोरो फुकियो, संशोधन प्रस्ताव राष्ट्रघाती छ, यो बिदेशीको प्रस्ताव हो, यो संसदमा पेश हुनेबित्तिकै संसारको नक्सामा नेपाल भन्ने देश नै रहँदैन । एमालेबाट बिशेष गरेर भीम रावल, शंकर पोख्रेलले यस्ता कुराहरु फुक्दै हिँडेका थिए । संबिधान संशोधनमा एमाले लचक हुने कुरा आईरहेको सन्दर्भमा यदि नैतिकता छ भने उनीहरुले पहिला माफी माग्नुपर्छ । नेपालमा भारतको भुमिका जबरजस्ती स्थापित गरिदिने नियत बोकेर हिँडेको एमालेको केन्द्रिय कार्यालयको खर्च भारतीय दुतावासबाट आउने रकमले नै चल्छ भन्दा धेरै कमलाई पत्यार लाग्छ । नेता भारतबाट पालिने र कार्यकर्ताहरु एनजिओबाट पालिने पार्टीले उठाएको राष्ट्रबादको मुद्दा अन्ततः बिसर्जन हुनु नै थियो र हुँदैछ पनि । राष्ट्रिय हितका कुराहरु दलालहरुको चासोको बिषय होइन, जनचासोको बिषय हो । संसदिय राजनीतिमा सरकारले संसदमा बिधेयक पेश गर्ने र प्रतिपक्षले त्यसको बिरोध गर्ने साम...

कविता

Image
भुइँमान्छे             "धोका" जब निभ्छ आशाको दियो गर्ल्याम गुर्लुम ढलिदिन्छ "बिश्वास" को धरहरा सजायका यावत् स्वप्नहरु जब जलेर खरानी भइदिन्छन् श्वास फेर्दा फेर्दै उभिदिन्छ जिन्दगी मृत्युको कठघरामा अँध्यारो अौसिको रातमा चल्छ जीवन आफ्नै आशाका दियोहरु ठड्याइएका "बिश्वास" का धरहराहरु र देखिएका उज्ज्वल स्वप्नहरु आखै अगाडि दागबत्ती दि रहदा अहो ! कुन ढुङ्गा हो र मन नपग्लि बस्न प्रेमका  ठुलाठुला सिद्धान्त दिनेले आकर्षक खोल भरेर उहीँ धोका , पीडा अनि चोटहरु बिक्रि गरिरहेछन् त्यहि पसलबाट अन्जानमा किनी ल्याएको प्रेम बारबार सताउछ अचेल मान्छेहरुलाई गरिबको झुपडीमा चाडपर्वले सताए झै अमृत भनी किनिल्याएको बिषका बोत्तलहरु नपिउदै उ छट्पटीदै छ अलिकति पिएको भए अलिकति शरीरमा छर्केको भए कहिल्यै नबिउझिने गरि निदाउथ्यो होला चिर निन्द्रामा ।। ©भुइँमान्छे !

गजल

Image
"भुइँमान्छे" कहिले आगो हुन्छ मन कहिले पानी हुन्छ दुख बिसाउनलाई चौतारी जिन्दगानी हुन्छ प्रेम होस् माया होस्, उसैसँग घरवार होस् अनि मात्रै बुढेसकालमा सम्झिने जवानी हुन्छ प्रेममा बिछोड भएसि युवाहरु यसो  भन्छन् अब साझ बिहान सधै मेरो पिउने बानी हुन्छ उसले एक्लै मलाई दोबाटोमा छाडेर हिडेपछि अचेल हर रातहरु अनिदो मै  बिहानी हुन्छ ©भुइँमान्छे

प्रणय दिवसलाई रचनात्मक बनाउदै क्रान्तिकारी

Image
             युवाहरुमा लोकप्रिय फेब्रुअरी 14 "प्रेम दिवस" , समयको गति सँगसँगै फरक तरिकाले मानाउन थालिएको छ । युवा युवतीलाई मात्रै केन्द्रमा राखि मनाइने प्रेम दिवस यो बर्ष त्रिचन्द्र क्याम्पसमा अखिल (क्रान्तिकारी) ले भने फरक ढंगले मनाएको छ । देश कै जेठो क्याम्पसको रुपमा रहेको त्रिचन्द्र क्याम्पसका अखिल (क्रान्तिकारी)ले फरक ढंगले प्रणय दिवस मनाएका हुन ।    ऐतिहासिक क्याम्पस त्रिचन्द्रमा  बिज्ञान संकायका पठनपाठन हुने नेपालकै ठूलो क्याम्पस हो । बिज्ञान संकायका बिद्यार्थीको चाप रहने त्रिचन्द्र क्याम्पसमा अखिल (क्रान्तिकारी) ले "Learn Science, Play Science, On This Valentine" भन्ने नाराका साथ बिज्ञान प्रविधि सम्बन्धि रोचक प्रतियोगिता गरेको छ ।      अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपाने को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा न्यौपानेले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा बोल्दै न्यौपानेले बिद्यार्थी आन्दोलनलाई यहाँसम्म ल्याउनु भएको मा २८ बर्षे उमेरहद पार गरेका बिद्यार्थी नेतालाई...

मुक्तक

Image
"भुइँमान्छे"                 मेरै बनाउछु अरुको हुन दिन्न तिमीलाई                 पराइका ती हातहरुले छुन दिन्न तिमीलाई                हरपल हसाउला , खुसि राखुला सधैंभरि                ढुक्क हुनु कहिल्यै रुन दिन्न तिमीलाई            

सहिद गंगालालको सम्झनामा छात्रवृत्ति कोषको स्थापना

Image
छात्रवृत्तिको फारम भर्दै बिद्यार्थीहरु              अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पस कमिटीले महान सहिद गंगालाल को स्मृतिमा "सहिद गंगालाल श्रेष्ठले स्मृति छात्रवृत्ति कोष"को स्थापना गरेको छ । सहिद गंगालाल को अध्ययन गरेको क्याम्पसमा गंगालाल लाई बिद्यार्थीले भुल्दै गएको अवस्थामा क्रान्तिकारीले गंगालाल लाई सम्झिदै उक्त कोष स्थापना गरेको कोषका अध्यक्ष केशव रावलले जानकारी दिनुभयो ।       जेहेन्दार , गरिव, दलित, मधेशी, मुस्लिम, आदिवासी , जनजाति, तथा दुर्गम क्षेत्रलाई आधार मानेर स्थापना गरिएको कोषले प्रत्येक बर्षमा अध्ययन गर्ने ३/३ जनालाई पुर्ण तथा ७/७ जनालाई आंशिक छात्रवृत्ति गरि यो वर्षमा ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने अध्यक्ष रावलले बताउनु भयो । साथै आगामी वर्षमा यसको मात्रा बढाउदै लैजाने रावलले बताउनु भयो ।पुर्ण र आंशिक ४० जना लाई यो बर्ष छात्रवृत्ति प्रदान गरिने तथा अर्को बर्ष ४०० बिद्यार्थीलाई प्रदान गरिने समेत  अध्यक्ष रावलले जानकारी दिनुभयो ।
Image
"त्रिचन्द्रलाई आधुनिकीकरण गर्ने क्रान्तिको सुरुवात भयो" रावल                         फाल्गुन १, काठमाडौं महान जनयुद्ध प्रारम्भ भएको दिनको सम्झनामा अखिल (क्रान्तिकारी ) त्रिचन्द्र क्याम्पस कमिटीको को आयोजनामा २२ औँ जनुयद्ध दिवस सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पस कमिटी ले त्रिचन्द्र क्याम्पसका बिद्यार्थीहरु माझ चकलेट बितरण तथा टीका ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन अखिल (क्रान्तिकारी) का तर्फबाट त्रिचन्द्र क्याम्पसमा स्ववियु अध्यक्षका उम्मेदवार घोषणा गर्नुभएको क. केशव रावलले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै रावल भन्नू भयो "जहानिया राणा शासन अन्त्य गर्ने आन्दोलनमा को सुरुवात गंगालाल ले  गरेपछि राणा शासनको अन्त्य भएको थियो , त्यसैगरी २२ बर्ष पहिले निरंकुश राजतन्त्र अन्त्यका निम्ति महान जनयुद्ध प्रारम्भ भएर राजतन्त्र नेपालको भुमीबाट अन्त्य गरेको थियो । त्यसैले त्रि-चन्द्र बाट एउटा क्रान्तिको आन्दोलन सुरु भएको छ , यसले क्याम्पसमा रहेको भ्रष्टाचार र गुन्डागर्दी अन्त्य गर्...