प्रणय दिवसलाई रचनात्मक बनाउदै क्रान्तिकारी
युवाहरुमा लोकप्रिय फेब्रुअरी 14 "प्रेम दिवस" , समयको गति सँगसँगै फरक तरिकाले मानाउन थालिएको छ । युवा युवतीलाई मात्रै केन्द्रमा राखि मनाइने प्रेम दिवस यो बर्ष त्रिचन्द्र क्याम्पसमा अखिल (क्रान्तिकारी) ले भने फरक ढंगले मनाएको छ । देश कै जेठो क्याम्पसको रुपमा रहेको त्रिचन्द्र क्याम्पसका अखिल (क्रान्तिकारी)ले फरक ढंगले प्रणय दिवस मनाएका हुन ।
ऐतिहासिक क्याम्पस त्रिचन्द्रमा बिज्ञान संकायका पठनपाठन हुने नेपालकै ठूलो क्याम्पस हो । बिज्ञान संकायका बिद्यार्थीको चाप रहने त्रिचन्द्र क्याम्पसमा अखिल (क्रान्तिकारी) ले "Learn Science, Play Science, On This Valentine" भन्ने नाराका साथ बिज्ञान प्रविधि सम्बन्धि रोचक प्रतियोगिता गरेको छ ।
अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपाने को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा न्यौपानेले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा बोल्दै न्यौपानेले बिद्यार्थी आन्दोलनलाई यहाँसम्म ल्याउनु भएको मा २८ बर्षे उमेरहद पार गरेका बिद्यार्थी नेतालाई लाई धन्यवाद दिदै अबको दिनमा आन्दोलन नयाँ पुस्तामा हस्तान्तरण गर्न आग्रह गर्नु भएको थियो । कुनै पनि बहानामा चुनाव सार्न नहुने तथा चुनाव हुनेमा आफुहरु ढुक्क रहेको न्यौपानेले बताउनु भयो । साथै बिद्यार्थीका हक हितको पक्षमा तथा रचनात्मक कार्यक्रम गर्दै बिद्यार्थीको सेवामा लाग्न अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पस कमिटीलाई निर्देशन दिनुभयो ।।
उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) का तर्फबाट स्ववियु अध्यक्षका उम्मेदवार रहेका केशव रावलले बिद्यार्थीले प्रयण दिवस पनि बिज्ञान प्रविधिलाई माया गर्दै मनाउनु भएकोमा बिद्यार्थीलाई धन्यवाद दिनु भयो । साथै अबका दिनमा अखिल (क्रान्तिकारी) ले यसरी नै रचनात्मक कार्यक्रम गर्दै जाने प्रतिबद्धता गर्नु भयो ।
(प्रतियोगिताका केही झलकहरु )

Comments
Post a Comment