नयाँ वर्ष २०८० को शुभकामना !
नयाँ दिन, नयाँ बर्षको । "भुइँमान्छे" नयाँ जोस, जाँगर बोकेर आएको यो नयाँ वर्ष २०८० ले तपाईको सम्पुर्ण इच्छाहरु पुरा गरुन् । आफुलाई नङ्गाएका छन् रुख बोट बिरुवाले अब नयाँ पालुवाहरु पलाउने छन र सुन्दर र हराभरा बन्ने छन रुख बोटबिरुवाहरु । उराठ देखिएका डाडाँकाडाँहरुमा बर्षाका थोपाहरु सँगै पुनः हरियाली छाउने छन् , हिमालका फेदिहरुमा आफुलाई रातै बनाएर फुलाएका छन गुँरास पाखाहरुले । हिँउहरु मुस्कुराइरहेका छन् हिमालतिर । यतिबेला भर्खर युद्ध जितेर फर्किएका राता मान्छेको झ-झल्को दिइरहेछन हिमाली पाखाहरुले । पहाडका फेदिहरु, करेसाबारीहरु, आगनका डिलहरु, बारिका कान्लाहरुमा आप, आरु, आरुपखाडा, लिच्चि इत्यादी फुलफुलले चिचिला हालेका छन मिठा मिठा फलफुल जन्माउने अभिलाषामा । घरतिर फर्किएर रमाईरहेछन र थपिरहेछन सुन्दरता घरलाई । फेरिएको त साल मात्रै हो हिजो २०७९ थियो आजबाट २०८० । उहि छ बार, हिजो पनि शुक्रबार, शनिबार, आइतबार..... हरु नै सात बार थिए भोलि पनि पालै पालो यहि बारहरु घुमिरहन्छन् । गते उहि छ १,२,३,४ .............. अनि महिना पनि उहि छ, बैशाख, जेष्ठ, असार............ । साल फेरिदाको यो...