Posts

Showing posts from March, 2018

गजल

Image
म पलपल ठगिरहेको छु मायाको ब्यापारी बाट जसरि अचेल लुटिएको छ देश भ्रष्टाचारीबाट तिमी अाफ्नै दाजुभाइबाट असुरक्षित छु भन्छौ कसरी जोगाउन सकुला र खै बलत्कारि बाट यसरी महङ्गि भ्रष्टाचार बढ्दै जाने हो भने यदि देश चलाउने चुनौती अाउन सक्छ भिखारि बाट अधिकार माग्दा दमनको निति लिन्छौ भने सरकार बिद्रोहको ज्वाला उठ्नेछ लेक बेसि अनि टारिबाट डेभिड ढकाल "भुइँमान्छे"

प्रचण्डलाई धारे हात होइन , साथ देउ

Image
              डेभिड ढकाल “भुइँमान्छे” अहिले नेपाली राजनीतिका वृत्तमा एमाले माओवादी केन्द्रको एकताको विषयमा चर्चा परिचर्चा ह्वात्तै बढेको छ ! अझ माओवादी केन्द्रमा यसले सकारात्मक तथा नकारात्मक प्रभावहरु देखा पर्न थालेका छन् ! पार्टी एकताको निम्ति सहमति भएको भोलिपल्टै नेता गोपाल किरातीले महान जनयुद्ध र अमर शहिदहरुलाई अपमान गरेको भन्दै विज्ञप्ति निकालिसकेका छन् ! सामाजिक सञ्जालमा खुसि मनाउने र दुखि हुनेहरु को चर्का चर्कि देखिन थालिसकेको छ ! आझ विगतमा माओवादी केन्द्रबाट छुट्टिएका बैध्य , विप्लव निकट माओवादी कार्यकर्ता र नयाँ शक्तिका कार्यकर्ताहरुले माओवाद बिसर्जन भएको र प्रचण्ड ले एमालेमा पार्टी विलय गराएका सम्मका आलोचना गर्न थालेका छन् ! नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्र को एकीकरणको प्रारम्भिक आधारहरुको ३ नम्बर बुदामा एमालेको जबज र माओवादी को ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ दुबै बिषयमा छलफल खुल्ला रहेको र छलफलको माध्यमबाट आवश्यक परिमार्जन र विकास गर्न सकिने उल्लेख छ ! जसको हल अबको एकता महाधिवेशन बाट मात्रै हुने पक्कापक्कि भइसकेको ...