प्रचण्डलाई धारे हात होइन , साथ देउ

             डेभिड ढकाल “भुइँमान्छे”




अहिले नेपाली राजनीतिका वृत्तमा एमाले माओवादी केन्द्रको एकताको विषयमा चर्चा परिचर्चा ह्वात्तै बढेको छ ! अझ माओवादी केन्द्रमा यसले सकारात्मक तथा नकारात्मक प्रभावहरु देखा पर्न थालेका छन् ! पार्टी एकताको निम्ति सहमति भएको भोलिपल्टै नेता गोपाल किरातीले महान जनयुद्ध र अमर शहिदहरुलाई अपमान गरेको भन्दै विज्ञप्ति निकालिसकेका छन् ! सामाजिक सञ्जालमा खुसि मनाउने र दुखि हुनेहरु को चर्का चर्कि देखिन थालिसकेको छ ! आझ विगतमा माओवादी केन्द्रबाट छुट्टिएका बैध्य , विप्लव निकट माओवादी कार्यकर्ता र नयाँ शक्तिका कार्यकर्ताहरुले माओवाद बिसर्जन भएको र प्रचण्ड ले एमालेमा पार्टी विलय गराएका सम्मका आलोचना गर्न थालेका छन् !

नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्र को एकीकरणको प्रारम्भिक आधारहरुको ३ नम्बर बुदामा एमालेको जबज र माओवादी को ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ दुबै बिषयमा छलफल खुल्ला रहेको र छलफलको माध्यमबाट आवश्यक परिमार्जन र विकास गर्न सकिने उल्लेख छ ! जसको हल अबको एकता महाधिवेशन बाट मात्रै हुने पक्कापक्कि भइसकेको छ ! एकताको महाधिवेशनमा प्रचण्ड बल्लियो भए भने माओवादी लाईनमा नयाँ पार्टी हिड्न बाध्य हुन्छ ! प्रचण्ड कमजोर बने भने एमाले लाइनमा पार्टी हिड्ने पक्का छ ! प्रचण्डलाई कमजोर पार्ने वा सशक्त पार्ने तपाईं हाम्रो हातमा छ ! त्यसैले यतिबेला प्रचण्डलाई धारे हात लगाउदै गाली गर्नुभन्दा साथको जरुरी छ !

विगत हेर्ने हो भने जबजब प्रचण्ड अप्ठ्यारोमा पर्छन् तब एक्लै पर्छ । अहिले पनि चौतर्फी घेरमा प्रचण्ड छन । प्रचण्डलाई धारेहात लगाउनेहरुले प्रचण्डबाट क्रान्ति सम्पन्न हुन्न भन्दै चोइटिएका बैध्य , विप्लव र बाबुरामहरुको हालत अध्ययन गर्न जरुरत छ ! प्रचण्डलाई कमजोर पारेर माओवाद र जनयुद्धको रक्षा हुन सक्दैन ! जब प्रचण्ड बलिया हुन्छन् तब मात्रै माओवाद र जनयुद्ध बलियो हुन्छ ! झुन्ड झुन्डमा झुन्डिएर बहस गर्नुको साटो एकीकृत पार्टिमा एकीकृत भएर बहस गर्दै आफ्नो बिचार मा अरुलाई (एमालेलाई) पनि ढाल्न छाडेर बौद्धिक भनिएकाहरु प्रचण्डलाई धारे हात लगाइरहेका छन् जुन सरासर गलत हो !

झुन्ड झुन्डमा झुन्डिएका कम्युनिस्ट पार्टीलाई एकीकृत पारेर अगाडि बढ्न लाग्दै गर्दा प्रचण्ड माथि धारे हात लगाउनु कत्तिको उपयुक्त होला ?

“प्रचण्ड” अचम्मका छन् , उनीलाई केही समय मान्छेहरु तथानाम गाली गर्छन् मानौं प्रचण्ड भन्दा खराब यो संसारमा कोहि छैनन् । सत्तोसराप गर्छन् , धारे हात लगाउछन् ,उनी बिचलित हुदैनन् , आफ्नो कार्य सम्पादनमा तल्लीन रहिरहन्छन् । फेरि समयले १८०° को फन्को मार्छ । साराको मुखमा प्रचण्ड हुन्छन् , मानौं प्रचण्ड भन्दा असल अरु कोही छैनन् । समय लाग्छ धमिलो पानी संग्लीन , जब पानी संग्लिन्छ तब मान्छेहरू वास्तविकता देख्छन् , हो जब मान्छेहरु प्रचण्डको वास्तविक स्वरुप देख्छन् तब नतमस्तक हुन्छन् र प्रचण्ड को प्रशंसा गर्न तल्लीन हुन्छन् , तिनै प्रचण्ड कुनैबेला खुबै चर्चा कमाउछन् , कुनैबेला खुबै आलोचना खेप्छन् । हिजो प्रचण्डलाई प्रशंसा गर्नेहरु आज बिरोधमा उत्रिएका छन् , भोलि प्रचण्डको प्रचण्ड रुप देख्न पाउछन् र पुलकित हुँदै प्रचण्डको प्रशंसा गर्नेछन् । धमिलो पानी संग्लिन समय त लाग्ला तर अवश्य संग्लिन्छ । हो यहि प्रचण्डको बिशेषता ।

न उनी खराब थिए , न खराब छन् , बुझ्नेहरुले गलत बुझ्छन र खुबै गाली गर्छन् । समयले उनलाई खराब देखाउछ कुनै बेला , र तुरुन्तै उनी असल भएको प्रमाण पेश गर्छन् । अन्ततः सबैको हाइ हाइ बन्छन् प्रचण्ड । तर प्रचण्ड सदाबाहर प्रचण्ड बनिरहन्छन् ।
त्यसैले प्रचण्डलाई धारेहात होइन , साथ दिऔ !!

डेभिड ढकाल “भुइँमान्छे”

Comments

Popular posts from this blog

आई लभ यु , डेभिड

"बा" - राजु पुडासौनी

पुरानो "प्रेम-पत्र"