Posts

Showing posts from April, 2018

कथा "अन्तिम प्रेम"

Image
                            जवानीको अन्तिम बसन्त हो यो, जिन्दगीले मात्र  २६ बसन्त पार गर्यो, सोच्दैछु यो अाज अन्तिम दिन हो मेरो जवानीको ! म जिन्दगी र जवानी हुदाहुदै पनि वृद्ध हुदैछु अाजबाट । मेरो अाफ्नो भन्ने म बाहेक कोहि हुनेछैन अाजबाट । अाफ्नु सर्वस्व गुमाएको म हो अाजबाट उसलाई पनि गुमाउँदै छु । मलाई यस धर्तीमा ल्याउने, मेरा प्रथम साथिहरु , मलाई तातेताते गर्ने मान्छेहरु अब यस धर्तीमा नफर्किने गरि जादा पनि यत्ति दुखि थिइन । खै के भएथ्यो म ढुङ्गा बनेछु त्यतिबेला तर अाज बिस्तारै तरल बन्दै बगिरहेछु । लेखक "भुइँमान्छे"                         असारको महिना , हल्का बर्सिरहेको पानी, नभिज्याउने , लाग्थ्यो यो शितल बनाउनको निम्ति बर्सिरहेछ ! घर नजिकै रहेको पहाड जहाँ बाट प्रष्ट देखिन्छ मेरो घर, हरिया फाँट , सर्प झै लमतन्न लम्किरहेको नदि अनि देखिन्छ उसको घर ! हिजो हामी सधै यहि पहाडसँग लुकामारी खेल्ने गर्थ्यौ , अाज पहाड पनि मौन छ, सोच्दो हो, अाजबाट म पनि...

आई लभ यु , डेभिड

Image
भुइँमान्छे मोबाइलमा म्यासेजको टोन बज्यो  अर्ध निन्द्रामै थिए , मोबाइल हेरे '1 New message आशा' समय हेरे 5:38am । राति अबेरसम्म फोन गरेर सुतेका हामी, फेरि एकाबिहानै म्यासेज , हत्तपत्त खोलेर हेरे  "I love you Devid, Love you a lot, n love you forever." कयौंपटक पढिरहे, मन प्रफुल्ल भयो , खुसिका वर्षा भएझैं लाग्यो । एक मनमा डर पनि लाग्यो  कतै गलत म्यासेज त आएन ? गलत कसरी भनु ? नाम मेरै छ । खुसीले पागल सरि भए , जे चाहेको थिए त्यहीँ पाएको थिए । म भित्र भित्र  उसलाई माया गर्थे तर भन्न सकिरहेको थिइन तर आज उसैले भनेकी थिइ । उसले पनि त प्रेम गरेको झै व्यवहार देखाउथी , मेरा सारा नोट सारिदिन्थि , प्राक्टिकलको सारा फाइल तयार गरिदिन्थी, हरेक दिन सम्झाइरहन्थि , यसो गर, उसो गर भनिरहन्थी , तर आजसम्म दुबैले माया गर्छौ भन्न सकेका थियौं । एक अर्कामा ब्यक्त गर्न नसके पनि हामी प्रेमी प्रेमिका झै थियौ । साथीहरू हामी दुइलाई जोडेर कुरा गर्थे । म मनमनै खुसि हुन्थे, उ पनि अनुहारमा मुस्कान पोत्थि । लाग्थो उ पनि भित्र भित्र रमाइ रहेकी छे । उसका हरेक क्रियाकलापमा म प्रेम ...