कथा "अन्तिम प्रेम"



                            जवानीको अन्तिम बसन्त हो यो, जिन्दगीले मात्र  २६ बसन्त पार गर्यो, सोच्दैछु यो अाज अन्तिम दिन हो मेरो जवानीको ! म जिन्दगी र जवानी हुदाहुदै पनि वृद्ध हुदैछु अाजबाट । मेरो अाफ्नो भन्ने म बाहेक कोहि हुनेछैन अाजबाट । अाफ्नु सर्वस्व गुमाएको म हो अाजबाट उसलाई पनि गुमाउँदै छु । मलाई यस धर्तीमा ल्याउने, मेरा प्रथम साथिहरु , मलाई तातेताते गर्ने मान्छेहरु अब यस धर्तीमा नफर्किने गरि जादा पनि यत्ति दुखि थिइन । खै के भएथ्यो म ढुङ्गा बनेछु त्यतिबेला तर अाज बिस्तारै तरल बन्दै बगिरहेछु ।

लेखक "भुइँमान्छे"
                        असारको महिना , हल्का बर्सिरहेको पानी, नभिज्याउने , लाग्थ्यो यो शितल बनाउनको निम्ति बर्सिरहेछ ! घर नजिकै रहेको पहाड जहाँ बाट प्रष्ट देखिन्छ मेरो घर, हरिया फाँट , सर्प झै लमतन्न लम्किरहेको नदि अनि देखिन्छ उसको घर ! हिजो हामी सधै यहि पहाडसँग लुकामारी खेल्ने गर्थ्यौ , अाज पहाड पनि मौन छ, सोच्दो हो, अाजबाट म पनि एक्लो बने । यदि वाक्य हुन्थ्यो पहाडसँग मलाई सम्झाउदो हो , उ अाफु भएको अाभाष दिलाउदो हो । साच्चै अाज पहाड पनि मौन छ अन्तिम भेटमा निम्तो दिदै मौन भएकी उनी जस्तै ।


                       उसको अाँगनीमा बजिरहेको पञ्चेबाजको धुन कता,कता लागिरहेछ एकोहोरो शंखको अावाज, उसको अाँगनिमा नाचिरहेका जन्ती लाग्दैछन मलाई खटमा लिएर जान अाएका पराईहरु हुन ! यो सिमसिम बर्सिरहेको पानी लाग्दैछ उसको अाशु जुन अनवरत बग्नेछ म मलामीको बिचमा बोकिएर लैजादै गर्दा उसको अाखाबाट । अाफुलाई सेकेन्ड सेकेन्ड एक्लो बनाउदै गइरहेछु , लाग्दैछ अब यी अाकाश खस्नेछ मेरै टाउको माथि ।

                       असारकै महिना, यसैगरी सिमसिम बर्सिरहेको पानी , एसएलसी परीक्षा दिएर बसेको म , मेरो अाफ्नो खेतको रोपाइँ , अाएकि थिई उ पनि, सधै देखे पनि त्यति वास्ता नगर्ने म खै के भएथ्यो त्यो दिन , उसलाई देख्ने बित्तिकै केके हो केके  भएथ्यो मनमा , केही भेटिए जस्तो , केही गुमाए जस्तो , खुसि मिले जस्तो, दुख पाए जस्तो हो यसैलाई प्रेम भनेर परिभाषित गरेको थिए मैले । त्यहि दिनदेखि म नजिक बनेको हु उसको , बताएको हुँ मनका कुरा अनि उसैले भनेके थिई उ पनि मनमनै प्यार गर्थि रे मलाई , रोपाइँ कै दिन यत्ति कुरा भएको हो हाम्रो ।

                         खेतमा जाने बेला भन्दा फर्कदा अाफुलाई भिन्न भएको अाभाष गरे , हराएको चिज भेट्टिए जस्तो, धेरै परिश्रम गरे पश्चात् मात्र भेट्टाएको लक्ष्य जस्तै, रोमाञ्चित थिए । उसैसँग गफ गर्दै फर्किएको हुँ । दोबाटोमा अाएपछि उ अाफ्नै घरतिर लागि म अाफ्नै घर तिर फेरि चाडैं भेट्ने बाचा सहित तर अाज बाट त बिधिबत टाढा बन्दै छौ अब कहिल्यै नभेटिने गरि ।

                         नजिकै थियो हाम्रो घर, खालि समय सधैं सँगै हुन्थ्यौ हामी यहि पहाड अाउथ्यौ अनि लुकामारी खेल्थ्यौ पहाड सँग , प्रकृतिको बिचरण गर्थ्यौ , लाग्थ्यो संसारको सबैभन्दा खुसि मान्छे म नै हुँ तर अाज लाग्दैछ अाज संसारको अभागि म नै रहेछु । जसले दुबैले धेरै माया गर्दा गर्दा नि प्राप्त गर्न सकेनौ एक अर्कालाई ।

                            एसएलसीको परिक्षाफल प्रकाशित भएपश्चात म अाफ्नो उच्च शिक्षाको निम्ति सदरमुकाम जाने भए । हाम्रो गाउँबाट एक दिन हिड्नु पर्छ सदरमुकाम पुग्न , मोटरबाटो नजोडिएको मेरो गाउँ , अामाले मलाई चाहिने सरसामान एउटा धोक्रोमा पोको पार्नु भयो ।  माथिल्लो गाउँको हर्के दाईले बोक्दै थिए धोक्रो । एउटा हाते झौला भिरेको थिए मैले , बाबा र म जाँदै थियौ सदरमुकाम ! अाशिर्बाद दिदै अामाले भन्नू भएथ्यो "दायाँबायाँ नलागेस राम्ररि पढ्नु " दिदिले भन्नू भयथ्यो 'छुट्टि हुने बित्तिकै घर अाउनु' अनि बहिनी  भन्दै थिइन "दादा फर्किदा मिठाइँ ल्याइदिनु है" ! अलि परसम्म मलाई छाड्न अाएकि थिईन उनी , हो त्यहि दिन रोएका थियौ हामी अत्याधिक । त्यो भन्दा अगाडि अँह रोएको थिईन त्यति धेरै न त उ अाफुले भिजाएकी थि त्यति धेरै अाखा यसअघि । अब भने बिस्तारै मेरा दिनहरु बित्नेछन भिजाएर अाखाहरु !

                               भौगोलिक दुरि ले अझै प्रगाढ पारिरह्यो हाम्रो प्रेम, दुबो झै मौलाइरह्यो ! निरन्तर फोन एसएमएस हुन्थे । नयाँ नयाँ सपना सजाउथ्यौ हामी , अाफुलाई मुनामदन , रोमियो जुलिएट भन्दा उत्कृष्ट प्रेमी प्रेमिका सोच्थ्यौ । दिन दुगुना रात चौ गुणा झागिदै गहिरह्यो हाम्रो प्रेम । समय समय गईरहन्थे म गाउँ उसलाई भेट्न !

                                प्रविणता उतिर्ण पश्चात् सदरमुकाममै अाफ्नो अध्ययन जारि राखिरहे मैले । उ गाउकै कलेजमा प्रविणता पढ्दै थई । समय सँगै हल्ला चल्न थालेछ , एक कान दुई कान मैदान भएछ, वृद्ध देखि बालबच्चा सम्मलाई था भएछ हाम्रो प्रेम ! उसले फोनमै भनेकि थिइ ।  उसको बाबाले थाहा भएपछि उसँग स्पष्टीकरण लिएको र हैन भनेर भनेको भन्दै थिइ मलाई । उसका बाबुले उसको बिबाहको निम्ति उपयुक्त वर खोजिरहेको पनि रुदै भन्थिन फोनमा ! म निरन्तर सम्झाउथे र अाफ्नो बनाउने बाचा गर्थे उसलाई ।

                               बैशाख १२ नेपालीको कालो दिन , घरमा जतिसुकै फोन गर्दा पनि नलागे पछि उसैलाई भनेको थिए घरको खबर गर्न , अरु केही नभनि मलाई छिट्टै घर हिडिहाल्न भनी अौधि अात्तिएर । म अाफु पनि अात्तिए र झटपट घर जानको निम्ति तयार भए , १ बजे सदरमुकाम बाट हिडेको म बेलुका ८ बजे पुगेको थिए गाउँ जुनेलि रात अग्ला महलहरु साना झुपडिहरु  लमतन्न सुतिरहेको रहेछ जसरि निदाउछन ससाना बच्चाहरु , पुरै बस्ती शोकाकुल रहेछ, गाउँ अझै निदाएको रहेनछ । केही अाफन्तहरु मेरो भग्नाबशेष घरमै रहेछन । म सदरमुकामबाट घर फर्किदा दाजु अाउनु भयो भनेर रमाउदै गाउँ गाउँ गएर मैले ल्याइदिएको गुडिया देखाउने मेरि प्यारि बहिनी थिईन्न । न त भाईले के के ल्यायो भनेर झोला खोतल्न अाउने मेरि प्यारि दिदी हुनुहुन्थ्यो । "कत्तिको पढेको छस् त केटा ? के छ सहरको खबर" भनेर सोध्न बाबा अनि छोरो अाएछ भनेर खुसि हुँदै मीठो मीठो बनाएर खुवाउने मरि अामा, कोहि हुनुहुन्नथ्यो । थियो त उहाँहरुको पार्थिव शरीर , भक्कानो फुटो मनमा , भेल बगे अाखाबाट , गाउले अनि अाफ्नै परिवारको बेवास्ता गरि सम्झाउदै थिइन उनी , अरु नभए नि अाफु भएको अाभाष दिलाइरहिन रात भरि तर अनवरत बगिरहे त्रिशूली यी अाखाबाट ।

                             रात बित्यो , सम्पुर्ण परिवारलाई नजिकैको घाटमा लगेर सोलाईयो म अाफु अर्धबेहोसिमा थिए के के भयो, कतै सपनि त हैन झै लागिरह्यो तर म बिपनामै थिए । काजकिरिया चलुन्जेल उनी अाइरहिन , उनी अाफु मेरो भएको अाभाष दिलाइरहिन । जिन्दगी नै सक्किएको र बाच्नु अौचित्यहिन देखिरहेको मलाई उसले उसैको निम्ति बाच्नु पर्ने भनिरहि म सुन्दथे मात्र उ सुनाइरहि मात्र 

                             म बिस्तारै अाफ्ना पिडाहरु भुलेर बाच्न थाले उसैको निम्ति, एक महिना पश्चात् नजिकको नातेदार लिएर गए उसको घर उसको हात माग्नलाई । रित्तो हात फर्किन बाध्य भए कारण म टुहुरो थिए । अौपचारिक थियो उसको घर जानू उ भन्थि उ उसको परिवारको स्वीकृति बिना पनि मेरो बन्न तयार थिइ । कुनै पीडा महसुस भएन म अपमानित भएर उसको घरबाट फर्किदा पनि ।

                                           उ अल्लि टाढिदै गईरहेेकि थिइन ,  घरायसी कारणले होला भनेर म अाफुलाई सम्हाल्दै गए । धेरै पछि मात्र एक हप्ता अघि मात्र उसले भेट्ने प्रश्ताब गरि , म अाफु अौधि खुसि भए , सोचे त्यहि दिन म उसलाई बिबाहको प्रश्ताब गर्नेछु तर भैदियो अर्को उ अाफै अाफ्नो बिबाहको  निम्तो बोकेर अाईन  । बोल्न सकिन केही , न उसले नै मुख खोलि ,अबाक भै रह्यौ हामी । त्यत्तिकै छुट्टियौ हामी । उसले त अाफुलाई सम्हाल्न सकि , उसले त जीवनको नयाँ बाटो हिड्ने अठोट गरि म फेरि एक्लै भए !

                                          भर्खर अन्माएर लगे उसलाई , सुर्य डुब्न लागेको छ पश्चिमि पहाडबाट, म पनि अाफु डुब्नै लागेको जिन्दगीबाट । बिना लक्ष्य कुदेको यात्री झै म अाफुलाई सम्हाल्न भाग्दै छु यो गाउँबाट । के म यसरी भाग्दैमा भाग्ला र उसको याद ? अाफुलाई रित्ताउदै लम्किरहेछु एकलास यो गाउँमा , स्वर्ग झै लाग्ने अाफ्नै गाउँबाट भाग्दै छु र भगाउदै छु अाफुबाट हिउँ पग्लिएर बगेको नदि झै बगाउदै छु अाफुलाई र बग्दैछु त्यहि भेलमा अनवरत ....


                      डेभिड ढकाल "भुइँमान्छे"

Comments

Popular posts from this blog

आई लभ यु , डेभिड

"बा" - राजु पुडासौनी

पुरानो "प्रेम-पत्र"