गजल
नसोध मलाई मेरा दुख पिडा बा भन्नुहुन्छ रसाउला नि फेरि तेरा आखाँ बा भन्नुहुन्छ ॥ धेरै दुख पिडा सहेर हुर्काएकि छिन तलाई बग्न नदिनु आसु आमाका बा भन्नुहुन्छ ॥ हास्नेछन दुनियाँ तँ रोएको देखेपछि अरुको अघि आसुँ नबगा बा भन्नुहुन्छ ॥ रमाउन , खुसि हुन सिक्नु पर्छ तैले अब किन बनाउछस मलिन चेहरा बा भन्नुहुन्छ ॥ अबरोध बिनाको जिन्दगी खै के जिन्दगी अघि बढ्नु पन्छाएरै बाधा बा भन्नु हुन्छ ॥ ©" भुइँमान्छे"