गजल

नसोध मलाई मेरा दुख पिडा बा भन्नुहुन्छ
रसाउला नि फेरि तेरा आखाँ बा भन्नुहुन्छ ॥



धेरै दुख पिडा सहेर हुर्काएकि छिन तलाई
बग्न नदिनु आसु आमाका बा भन्नुहुन्छ ॥

 

हास्नेछन दुनियाँ तँ रोएको देखेपछि

अरुको अघि आसुँ नबगा बा भन्नुहुन्छ ॥

 

रमाउन , खुसि हुन सिक्नु पर्छ तैले अब

किन बनाउछस मलिन चेहरा बा भन्नुहुन्छ ॥

 

अबरोध बिनाको जिन्दगी खै के जिन्दगी

अघि बढ्नु पन्छाएरै बाधा बा भन्नु हुन्छ ॥


 ©"भुइँमान्छे"

Comments

Popular posts from this blog

आई लभ यु , डेभिड

"बा" - राजु पुडासौनी

पुरानो "प्रेम-पत्र"