Posts

Showing posts from September, 2016

साम्यवादको सपना

Image
                      "साम्यवादको सपना" भुइँमान्छे  कसले देख्दैन होला सपना ? कसलाई सताउदैन होला सपनाले ? ज्युदा मान्छेहरुले नै त हो सपना देख्ने । कोही आफ्नो निम्ति सपना देख्छन् , कोहि  परिवारको निम्ति , कोहि समाजको निम्ति देख्छन् , कोहि राष्ट्रको निम्ति । अचेल एउटा अचम्मको सपनाले सताइरहेछ मलाई | पूरा होला वा अपुरै रहला ? मैले देख्न पाउला या नपाउला ? तर जरुर एकदिन मेरो सपना साकार हुनेछ । संघीय गणतन्त्र नेपालको संविधान २०७२ को प्रश्तावनामा " समाजवाद तर्फ प्रतिबद्ध" भन्ने शब्द नै अहिले मलाई सताइरहेको सपना हो । संविधान अक्षरस् कार्यान्वयन हुने हो भने त जरुर एकदिन समाजवाद स्थापना हुनेछ , समाजवाद पश्चात् हामी साम्यवाद सम्म पुग्न सक्नेछौं । यसमा कुनै दुविधा छैन, शंका छैन ।  अचेल समाजवादको भुतले मलाई सताइरहेछ । समाजवाद स्थापना होला या नहोला , भविष्यले बताउला । कुरो गरु आफ्नै सपनाको , जान त समाजवाद हुँदै साम्यवाद सम्म पुग्नु पर्ने छ । त्यस क्षेत्रको  उत्पादनका श्रोत , अार्थिक स्थिति,  जनघनत्व इत्यादीलाई मध्...
Image
युवा मनहरुमा राजनीति प्रति बिस्तारै बितृष्णा पैदा हुँदै गइरहेको छ , राजनीतिमा युवाहरु नजिकिने भन्दा राजनीति बाट टाढिने क्रम बढ्दो छ । देशलाई काधमा बोक्ने क्षमता भएका युवाहरु मा यसरी राजनीति प्रति बितृष्णा पैदा हुनु देशको निम्ति पिडाको बिषय हो ।  भद्रगोल तथा अस्थिर राजनीति , चारैतिर मुख फर्काएर बसेका ठुला राजनीति दल तथा एक अर्काको बिरोध गर्न लागिपरेका तिनका कार्यकर्ता ले राजनीति प्रति आकर्षित युवालाई समेत निराश बनाएका छन । राजनीतिका निम्ति बिचार भन्दा पैसा महत्त्वपूर्ण हुन थालेको छ । माथि पुग्नलाई कि त नेताको प्रिय हुनै पर्ने , कि त टन्न पैसा हुनुपर्ने , जनताको प्रिय हुनेलाई सधै तलतिरै पारिरहने कारणले पनि राजनीति तर्फ आकर्षित युवाहरु पनि निराश बन्न बाध्य भएका छन् । युवाहरुमा धनको लालचा बढ्दो छ । धेरै धन कमाउने , आफ्नो परिवारलाई सुखसयलमा राख्ने चाहाना कसको पो हुन्न र ? यहि लालचाका कारण युवाहरु राजनीतिमा भन्दा विभिन्न बहानामा बिदेशीने क्रम बढेको छ। स्वदेशमा न्यून आय स्तर , स्वदेशमा कम पारिश्रमिक , ब्यबसायमा राजनीतिक हस्तक्षेप पनि युवाहरु बिदेशीनु का कारण हुन ।

"सम्झनामा मेरी आशा"

Image
      साझपखको धुम्म आकाश , बर्षनै लागेको पानी , बाहिर आफुलाई निलै बनाएर फुलिरहेका शिरिषका बोटहरु । दरबारमार्गको एउटा क्याफेमा बसेर कफिको चुस्कि सङ्गै बाहिर नियाली रहेछु प्रकृतीलाई! हुन त प्रकृतिका मनोरम दृश्यहरु हेर्ने लत परेको मान्छे म । साच्चै रमणिय थियो । यहि रमणिय पलहरुमा सम्झन्छु ममेरी "आशा" । यदि उ भैदिएको भए ?? "भुइँमान्छे" २०६१ साल , देशमा जनयुद्ध चरम सिमामा पुगेको बेला एस. एल. सि. को तयारिमा जुटिहरेको हामी । म कक्षाको प्रथम अनि उनी द्धितिय शिक्षकहरुले धेरै आश गरेका बिद्यार्थी हामी । सङ्गै पढ्थेउ । उस्ले नजानेको म सिकाउथे मैले नजानेको उ सिकाउथी । हाम्रो मित्रता देखेर ईर्श्या नगर्ने साथीहरु नै थिएन्न । फलामे ढोका सजिलै फोर्नु थियो हामीलाई सङ्गै हुन्थेउ अधिकासं समय । उ पढ्न अल्छि लाग्दा भन्थि जनयुद्ध बारे । मलाई डर लाग्थ्यो कतै पुलीसले पो लगिहाल्छ कि हामीलाई ?? परिक्षा सुरु भयो हामी आफ्नो तर्फबाट तयार थियै परिक्षा दिन । हाम्रा परिक्षा राम्रै भए परिक्षा केन्द्र जादा अउदा सङ्गै हुन्थेउ छलफल गर्थै पढाईको बिषयमा ।परिक्षाको अन्तिम दिन प्रयोग्यात्मक परिक्षा त्यो ...