साम्यवादको सपना
"साम्यवादको सपना" भुइँमान्छे कसले देख्दैन होला सपना ? कसलाई सताउदैन होला सपनाले ? ज्युदा मान्छेहरुले नै त हो सपना देख्ने । कोही आफ्नो निम्ति सपना देख्छन् , कोहि परिवारको निम्ति , कोहि समाजको निम्ति देख्छन् , कोहि राष्ट्रको निम्ति । अचेल एउटा अचम्मको सपनाले सताइरहेछ मलाई | पूरा होला वा अपुरै रहला ? मैले देख्न पाउला या नपाउला ? तर जरुर एकदिन मेरो सपना साकार हुनेछ । संघीय गणतन्त्र नेपालको संविधान २०७२ को प्रश्तावनामा " समाजवाद तर्फ प्रतिबद्ध" भन्ने शब्द नै अहिले मलाई सताइरहेको सपना हो । संविधान अक्षरस् कार्यान्वयन हुने हो भने त जरुर एकदिन समाजवाद स्थापना हुनेछ , समाजवाद पश्चात् हामी साम्यवाद सम्म पुग्न सक्नेछौं । यसमा कुनै दुविधा छैन, शंका छैन । अचेल समाजवादको भुतले मलाई सताइरहेछ । समाजवाद स्थापना होला या नहोला , भविष्यले बताउला । कुरो गरु आफ्नै सपनाको , जान त समाजवाद हुँदै साम्यवाद सम्म पुग्नु पर्ने छ । त्यस क्षेत्रको उत्पादनका श्रोत , अार्थिक स्थिति, जनघनत्व इत्यादीलाई मध्...