"सम्झनामा मेरी आशा"
साझपखको धुम्म आकाश , बर्षनै लागेको पानी , बाहिर आफुलाई निलै बनाएर फुलिरहेका शिरिषका बोटहरु । दरबारमार्गको एउटा क्याफेमा बसेर कफिको चुस्कि सङ्गै बाहिर नियाली रहेछु प्रकृतीलाई! हुन त प्रकृतिका मनोरम दृश्यहरु हेर्ने लत परेको मान्छे म । साच्चै रमणिय थियो । यहि रमणिय पलहरुमा सम्झन्छु ममेरी "आशा" । यदि उ भैदिएको भए ??
| "भुइँमान्छे" |
२०६१ साल , देशमा जनयुद्ध चरम सिमामा पुगेको बेला एस. एल. सि. को तयारिमा जुटिहरेको हामी । म कक्षाको प्रथम अनि उनी द्धितिय शिक्षकहरुले धेरै आश गरेका बिद्यार्थी हामी । सङ्गै पढ्थेउ । उस्ले नजानेको म सिकाउथे मैले नजानेको उ सिकाउथी । हाम्रो मित्रता देखेर ईर्श्या नगर्ने साथीहरु नै थिएन्न ।
फलामे ढोका सजिलै फोर्नु थियो हामीलाई सङ्गै हुन्थेउ अधिकासं समय । उ पढ्न अल्छि लाग्दा भन्थि जनयुद्ध बारे । मलाई डर लाग्थ्यो कतै पुलीसले पो लगिहाल्छ
कि हामीलाई ??
परिक्षा सुरु भयो हामी आफ्नो तर्फबाट तयार थियै परिक्षा दिन । हाम्रा परिक्षा राम्रै भए परिक्षा केन्द्र जादा अउदा सङ्गै हुन्थेउ छलफल गर्थै पढाईको बिषयमा ।परिक्षाको अन्तिम दिन प्रयोग्यात्मक परिक्षा त्यो पनि राम्रै भयो समङ्ग्रमा परिक्षा राम्रै भयथ्यो हाम्रो त्यसैले त मनमा अपार खुसि थियो ।
परिक्षा केन्द्रबाट फर्कदै थियौ हामी आपसमा कुरा गर्दै । उनले जनयुद्धका कुरा गरिन म अल्लि डराए ।
आशा : "डेभिड यी माओबादी हरु हाम्रै लागि लड्या हुन नि हामी जस्तै गरिबका लागी हामी जस्तै निमुखाको निम्ती "
म : "अनि हाम्रै लागी लडेका हुन त किन मार्छन मान्छे ?"
आशा : "यि जनताका पिरमर्का नबुझ्ने अन्धा सासकले जति गुहार गरे पनि आखाँ खोलेनन अनि बाध्य भएर होमिएका हुन था छ तिम्लाई यि माओबादीहरुले जसले सदियौ देखी गरिब मारे हो तिनीहरुलाई मात्र मार्छन"
म: "कसरी था भयो तिम्लाई"
आशा : "हिजो हाम्रो घरमा माओबादी आका थिए
अनि उनैले भन्या अब त परिक्षा पनि सकियो म
पनि गरिबको मुक्तिको लागि युद्धमा होमिन्छु"
म : "अनि मलाई त बिर्सिन्नौ नि"
आशा : "धत् बुद्धु तिम्लाई म बिर्सन्छु
होला त ? म त तिम्लाई प्रेम गर्छु
तिमी पनि मलाई प्रेम गर्छौ ?"
म अबाक भए बोल्ने बाक्यनै मुखमा आएनन ।
एक हुल प्रहरीहरु उकालो लाग्दै थिए म डराए आत्तिए तर आशा डराईन्न भन्दै थिइन "मेरो जबाफ देउन डेभिड के तिमी मलाई माया गर्दैनौ ?"
प्रहरी नजिकै आए भोकाएका सिँह जस्तै देखिएका थिए । हामी आफ्नै सुरमा अघि बढ्दै थियौ
एक प्रहरी: "ओई फुच्चे तेरो प्रेमिका हो ? एत्रो फुच्चेको नि प्रेमिका"
अरु सबै गलल हासे । मेरो अनुहार कालो निलो भैसकेको थियो केहि बोल्नै सकिन अर्को प्रहरी नजिकै आयो र आशालाई चलाउन खोज्यो र मलाई
भन्दैथियो "एकछिन उ सँग केहि छलफल गर्नु छ त जादै गर हामी ल्याइदिन्छौ अहिले यसलाई" म अटेर भए मेरो मनले मानेर उसलाई एक्लै छोड्न अर्को प्रहरीले मलाई एक बुटले
हान्यो म निराश भएर अघि बढे पछाडी फर्केर हेरे उनिहरु गिद्दले सिनो झम्टिए झै झम्टिरहेथे
मेरी आशा चित्कार गर्दै थिईन गुहार माग्दै थिईन ।
म निरिह थिए । आखाबाट आशुका भेल छुटाउदै घर फर्किए । रोईमात्र रहे । आशु मात्र झारिरहे ।आखाँबाट बग्रेल्ति आशु निकाल्दै सुतिरहे बेलुकाको सात बजेको समाचार आईरहेछ रेडियोमा भन्दै थियो "क. आशाको प्रहरी सँगको झडपमा मुत्यु भयो" उफ अत्यास लागेर आयो । कसरी भयौ झडप प्रहरी सँग उन्को ??
मैले प्रेम गर्छु भन्न नपाउदै खोसेर लग्यो मेरी आशालाई । आँखाबाट आशु झरिसकेछ पत्तै पाईन नजिकै प्रहरी देखे रिस उठेर आयो अहिले एक्लै भिडु जस्तो लाग्यो प्रहरी सँग तर देशमा शान्ति स्थापना हुन लागेको छ । मन सधै अशान्त छ ।
कहिले कहि लाग्छ मेरी आशाको दोष के थियो ? यि अपराधीले सजाय पाउने कि नपाउने ? के म पनि अनुसन बसुँ मेरी आशाको निम्ती कस्ले देला न्याय मलाई ??
रात पनि झमक्क परेछ शिरिषका रुखहरु पनि काला भएछन ।
Comments
Post a Comment