Posts

Showing posts from May, 2018

यसपटक जुठेदाई लखेटिए गाउँबाट

Image
"भुइँमान्छे"                        शनिबारको दिन, केही काम नभएपछि घर नजिकैको चिया पसल पुगे ! बुढापाकाका कुरा सुन्न अति नै मन लाग्छ , कहिले समसामयिक, कहिले राजनैतिक कुराहरु वृद्ध ब्यक्तिबाट सुन्नु अलि फरक नै हुन्छ । साथि सर्कलमा गरिएको कुराहरु भन्दा अलि भिन्न अनुभव हुने गर्छ वृद्ध हरुको कुरा ।                उमेरले नेटो काटिसकेकाहरु, डाँडा माथिको जुन भनेर आफुलाई भनिरहने हजुरबुबाहरुको कुरामा थोरै अनुभव, थोरै भोगाइ , थोरै सोचाइको समिश्रण पाइने हुनाले नै मलाई हजुरबुबाहरुका कुरा सुन्न चाह बढ्दछ । शनिबार फुर्सदको समय आफुलाई डाँडामाथि का घाम भन्नेहरुको भेला छ माथि चिया पसलमा , हासो, ठट्टामा ती हजुरबुबाहरु आफ्नो उमेर भुलिरहेछन् , समय कटाइरहेछन,हासो गुन्जिरहेछ, अाफुलाई पनि त्यहि हासोमा समाहित गर्न पुगे म चिया पसल ।                  पसल अरु दिन भन्दा अलि भिन्न थियो ,धेरै अघि गाउँ छाडेका हर्के दाइ आएका रहेछन । जेठा बा ले भने ” हर्के हामीले ...