Posts

Showing posts from August, 2018

कबिता "मनमाया"

Image
   "भुइँमान्छे" भुइँमान्छे सगरमाथा भन्दा अग्लो प्रेम गर्नु हुने थोरै मलाई दुख्दा पनि आशु झार्नु हुने मेरा पिडामा रुने , खुसीमा रमाउने " बा" ले अजसम्म पनि भन्नु भएको छैन ' आइ लभ यु छोरा '.. घरमा ' गुन्द्रुक ' पाक्दा पनि कान्छो भोकै छ कि   खायो भन्ठान्ने , अलिकति नराम्रो सपना देख्दा आखाँ भरि आसु बनाउने नयाँ मान्छेहरु आगन बाट जादा मेरो कान्छो नै आयो सोच्ने मेरि "आमा"ले आजसम्म पनि भन्नु भएको छैन ' आइ मिस यु कान्छो '.. मेरो पुरानो साथि जसले ताते ताते गर्दै   स्कुल पुर्याउथ्यो , खाजा खुवाउथ्यो र घर ल्याउथ्यो थोरै पनि बाडेर पहिले मलाइ खुवाएर मात्रै आफु खान्थ्यो म घरमा नभैदिदा रुदै मलाई खोज्न हिड्ने मेरो "दाइ"ले आजसम्म पनि भनेको छैन ' आइ कान्ट लिभ उइथआउट यु मेरो भाइ '.. उ स्कुलमा एउटै बेन्चमा बस्थि र सिकाउथि कपुरि ' क ' एप्पल ' ए ' मलाई कसैले पिट्दा जाइलाग्थि आफैं लाग्छ मलाइ सबैभन्दा बढि माया गर्ने मेरि दिदिले आजसम्म सोधीन ...

मुस्कान

Image
भुइँमान्छे एउटा अनुहार मुस्कुराइरह्यो  मलाई हेरेर  म मुस्कानले गल्दै गए  पग्लिदै गए  समाहित भएछु त्यहि मुस्कानमा  मुस्कान सँगै चारिएछन् अधिकांश पार्कहरु अधिकांश सिनेमा घरहरू सकिए "बा" का पसिनाका मोलहरु विभिन्न शिर्षक का बजेटहरु अहो !  कालारात्रि आइलाग्यो मै माथी मुस्कुराइरहेका मुस्कान बिस्तारै मधुर हुँदै गए तेल सक्किएको दियो जस्तै मुस्कान क्रमशः फिक्का हुँदै गयो र अन्ततः हरायो मुस्कान सँगै हराए जवानीका रंगहरु "बा" का अमुल्य पसिनाहरु र उर्वर समयहरु सँगै सक्किए एक युवकको जिन्दगी र झल्यास्स बिउझिए ! एउटा डरलाग्दो सपना बाट !!

एक गजल

Image
भुइँमान्छे दिन ढल्दै जान्छ रात आउछ उन्का याद्हरुको खात आउछ आउदैन दुखमा अहँ आउदैन सुखमा समाउन हात आउछ कसैसँग प्यार गरु भने पनि त सधै छेक्नलाई मेरो जात आउछ मुटु कसैसँग नसाट्नु होला मित्र मायाको बदलामा याँ घात आउछ । भुइँंमान्छे