कबिता "मनमाया"
"भुइँमान्छे" भुइँमान्छे सगरमाथा भन्दा अग्लो प्रेम गर्नु हुने थोरै मलाई दुख्दा पनि आशु झार्नु हुने मेरा पिडामा रुने , खुसीमा रमाउने " बा" ले अजसम्म पनि भन्नु भएको छैन ' आइ लभ यु छोरा '.. घरमा ' गुन्द्रुक ' पाक्दा पनि कान्छो भोकै छ कि खायो भन्ठान्ने , अलिकति नराम्रो सपना देख्दा आखाँ भरि आसु बनाउने नयाँ मान्छेहरु आगन बाट जादा मेरो कान्छो नै आयो सोच्ने मेरि "आमा"ले आजसम्म पनि भन्नु भएको छैन ' आइ मिस यु कान्छो '.. मेरो पुरानो साथि जसले ताते ताते गर्दै स्कुल पुर्याउथ्यो , खाजा खुवाउथ्यो र घर ल्याउथ्यो थोरै पनि बाडेर पहिले मलाइ खुवाएर मात्रै आफु खान्थ्यो म घरमा नभैदिदा रुदै मलाई खोज्न हिड्ने मेरो "दाइ"ले आजसम्म पनि भनेको छैन ' आइ कान्ट लिभ उइथआउट यु मेरो भाइ '.. उ स्कुलमा एउटै बेन्चमा बस्थि र सिकाउथि कपुरि ' क ' एप्पल ' ए ' मलाई कसैले पिट्दा जाइलाग्थि आफैं लाग्छ मलाइ सबैभन्दा बढि माया गर्ने मेरि दिदिले आजसम्म सोधीन ...