एक गजल

भुइँमान्छे

दिन ढल्दै जान्छ रात आउछ
उन्का याद्हरुको खात आउछ

आउदैन दुखमा अहँ आउदैन
सुखमा समाउन हात आउछ


कसैसँग प्यार गरु भने पनि त
सधै छेक्नलाई मेरो जात आउछ


मुटु कसैसँग नसाट्नु होला मित्र
मायाको बदलामा याँ घात आउछ ।

भुइँंमान्छे

Comments

Popular posts from this blog

आई लभ यु , डेभिड

"बा" - राजु पुडासौनी

पुरानो "प्रेम-पत्र"