मुस्कान

भुइँमान्छे



एउटा अनुहार मुस्कुराइरह्यो 
मलाई हेरेर 
म मुस्कानले गल्दै गए 
पग्लिदै गए 
समाहित भएछु त्यहि मुस्कानमा 


मुस्कान सँगै चारिएछन्
अधिकांश पार्कहरु
अधिकांश सिनेमा घरहरू
सकिए
"बा" का पसिनाका मोलहरु
विभिन्न शिर्षक का बजेटहरु
अहो ! 



कालारात्रि आइलाग्यो मै माथी
मुस्कुराइरहेका मुस्कान
बिस्तारै मधुर हुँदै गए
तेल सक्किएको दियो जस्तै




मुस्कान क्रमशः फिक्का हुँदै गयो
र अन्ततः हरायो मुस्कान
सँगै हराए
जवानीका रंगहरु
"बा" का अमुल्य पसिनाहरु

उर्वर समयहरु
सँगै सक्किए
एक युवकको जिन्दगी

झल्यास्स बिउझिए !
एउटा डरलाग्दो सपना बाट !!

Comments

Popular posts from this blog

आई लभ यु , डेभिड

"बा" - राजु पुडासौनी

पुरानो "प्रेम-पत्र"