कबिता "मनमाया"
"भुइँमान्छे"
भुइँमान्छे
![]() |
| भुइँमान्छे |
सगरमाथा भन्दा अग्लो प्रेम गर्नु हुने
थोरै मलाई दुख्दा पनि आशु झार्नु हुने
मेरा पिडामा रुने, खुसीमा रमाउने
"बा" ले अजसम्म पनि
भन्नु भएको छैन
'आइ लभ यु छोरा'..
घरमा 'गुन्द्रुक' पाक्दा पनि
कान्छो भोकै छ कि खायो भन्ठान्ने ,
अलिकति नराम्रो सपना देख्दा
आखाँ भरि आसु बनाउने
नयाँ मान्छेहरु आगन बाट जादा
मेरो कान्छो नै आयो सोच्ने मेरि "आमा"ले
आजसम्म पनि भन्नु भएको छैन
'आइ मिस यु कान्छो'..
मेरो पुरानो साथि
जसले ताते ताते गर्दै
स्कुल पुर्याउथ्यो, खाजा खुवाउथ्यो र घर
ल्याउथ्यो
थोरै पनि बाडेर पहिले मलाइ खुवाएर मात्रै आफु खान्थ्यो
म घरमा नभैदिदा
रुदै मलाई खोज्न हिड्ने मेरो "दाइ"ले
आजसम्म पनि भनेको छैन
'आइ कान्ट लिभ उइथआउट यु मेरो भाइ'..
उ स्कुलमा एउटै बेन्चमा बस्थि
र सिकाउथि कपुरि 'क' एप्पल 'ए'
मलाई कसैले पिट्दा
जाइलाग्थि आफैं
लाग्छ मलाइ सबैभन्दा बढि माया गर्ने
मेरि दिदिले
आजसम्म सोधीन
'ओइ कति माया गर्छस् त मलाई?’ ..
अस्ति भर्खर भेट भएको हो मनमाया सँग
अस्ति बाटै बोल्न थालेकि हो
र हिजो सम्म आइपुग्दा
मेरा बाले आजसम्म नभनेका ‘आइ लभ यु’
मेरि आमाले आजसम्म नभनेकि ‘आइ मिस यु’
शब्दै पिच्छे भनिरहेकि हो
अझै 'आइ कान्ट लिभ उइथआउट यु’
'ओइ कति माया गर्छस् त मलाई?’
भन्दै म्यासेज गरेपछि
लागेको हो
उ मेरै निम्ति जन्मेकि हो
लाग्यो यो मनमाया
मलाई ‘बा’ ले भन्दा बढि प्रम गर्छे
‘आमाले भन्दा बढि सम्झिन्छे
‘दाइ भन्दा पुरानो साथि हो
र दिदिले भन्दा बढि प्यार गर्छे
आज त्यहि मनमाया सँग भेट भएको हो चोकमा
र त्यहि मनमायाले नचिनेकि हो मलाई
आकाश टाउकैमा बजारिए झै भएकै हो
पुरा पृथ्वि भासिएकै हो
र खुबै रोएको हु एक्लै एकान्तमा
र लागेको छ
‘आइ लभ यु’ नभनेरै सगरमाथा भन्दा अग्लो प्रेम हुन्छ
‘आइ मिस यु’ नभनेरै सागर भन्दा गहिरो सम्झना हुन्छ !
'आइ कान्ट लिभ उइथआउट यु’
नभनेरै साथ दिन सकिन्छ ढुँगा माटो झै
'ओइ कति माया गर्छस् त मलाई?
नसोधेरै गर्न सकिदो रहेछ मुटुभरि प्यार

Comments
Post a Comment