साम्यवादको सपना
"साम्यवादको सपना"
कसले देख्दैन होला सपना ? कसलाई सताउदैन होला सपनाले ? ज्युदा मान्छेहरुले नै त हो सपना देख्ने । कोही आफ्नो निम्ति सपना देख्छन् , कोहि परिवारको निम्ति , कोहि समाजको निम्ति देख्छन् , कोहि राष्ट्रको निम्ति । अचेल एउटा अचम्मको सपनाले सताइरहेछ मलाई | पूरा होला वा अपुरै रहला ? मैले देख्न पाउला या नपाउला ? तर जरुर एकदिन मेरो सपना साकार हुनेछ ।
संघीय गणतन्त्र नेपालको संविधान २०७२ को प्रश्तावनामा " समाजवाद तर्फ प्रतिबद्ध" भन्ने शब्द नै अहिले मलाई सताइरहेको सपना हो । संविधान अक्षरस् कार्यान्वयन हुने हो भने त जरुर एकदिन समाजवाद स्थापना हुनेछ , समाजवाद पश्चात् हामी साम्यवाद सम्म पुग्न सक्नेछौं । यसमा कुनै दुविधा छैन, शंका छैन । अचेल समाजवादको भुतले मलाई सताइरहेछ । समाजवाद स्थापना होला या नहोला , भविष्यले बताउला ।
कुरो गरु आफ्नै सपनाको , जान त समाजवाद हुँदै साम्यवाद सम्म पुग्नु पर्ने छ । त्यस क्षेत्रको उत्पादनका श्रोत , अार्थिक स्थिति, जनघनत्व इत्यादीलाई मध्यनजर गरि , एक समाज निर्माण गरिने छ । जनताको सारा सम्पत्ति राष्ट्रियकरण गरि , जनताको गाँस बाँस, कपास, शिक्षा इत्यादी को जिम्मा राष्ट्रले नै लिनेछ । बिशेष क्षेत्रमा संयुक्त आवास निर्माण गरि सम्पुर्ण जनतालाई त्यहि बस्नको निम्ति ब्यबस्था गरिनेछ ।
ब्यक्तिगत सम्पत्ति राष्ट्रियकरण गर्दा धेरै बिरोधको सामना गर्नुपर्ने हुन्छ । आफ्नो सम्पत्ति यत्ति , उत्ति भनेर रवाफ देखाउनेले सजिल्लै सम्पति राष्ट्रको नाममा सुम्पिदिन्छन् भन्ने हुदैन , जुन कठिन कार्य पनि हो । यस्तै बिरोधाभाष देखिएमा निजलाई आफ्नो सम्पत्ति दिई , राज्यको सेवा सुविधाबाट बञ्चित गर्न सकिनेछ । एक्लो भएको केही समयमै उक्त ब्यक्ति समुहमा नै फर्किने पक्का छ ।
कुनै विशेष क्षेत्रको आधारमा त्यहाँका उत्पादनका स्रोतलाई मध्यनजर गरि , त्यहि क्षेत्रमा काम गर्ने गरि , जनताको सहभागीतामा उद्योग , कलकारखाना निर्माण गर्न सकिनेछ । जनतालाई ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन तथा ८ घण्टा आरामको ब्यबस्था गरिनेछ । केही समयको अन्तरालमा जनतालाई स्वदेशको विभिन्न क्षेत्र घुम्न लैजान सकिने छ ।
महिला गर्भवती भएको ५ महिना देखि , बच्चा १ १/२ बर्षको नभएसम्म आमा र बच्चा दुबैलाई राज्यले उचित हेरबिचार गर्नेछ बच्चा १ बर्ष ६ महिना भएपछि बच्चाको जिम्मा राज्यले लिनेछ । उचित बैज्ञानिक शिक्षा बालकलाई प्रदान गर्नेछ । बालक सक्षम भएपश्चात उत्त गाउँमै वा अन्यत्र बालकको र अभिभावक को इच्छा अनुसार श्रमको निम्ति पठाउन सकिनेछ ।
यस्तो समाज निर्माण भएपश्चात चोरि ,लुटपाट , हत्या का घटना हुने नै छैन । समतामूलक समाजको निर्माण हुनेछ । छुवाछूतको समस्या समाधान हुनेछ । समाजमा अहिले ब्याप्त रहेको कुरिती कु संस्कारको अन्त्य हुनेछ । साथै ठूलो सानो बिचको विभेद पनि हटेर जाने छ । साच्चै यस्तो समाज उत्कृष्ट समाज हुनेछ , सुन्दर समाज हुने छ र यो एकदिन सम्भव हुने छ ।
के साच्चै मेरो सपना मैले देख्न पाउछु ? भोग्न पाउछु होला ? मैले नभोगे पनि पक्का भावि पुस्ताले भोग्न, देख्न पाउनेछन् , आशावादी छु , विश्वस्त छु ।।।
भुइँमान्छे

Comments
Post a Comment