युवा मनहरुमा राजनीति प्रति बिस्तारै बितृष्णा पैदा हुँदै गइरहेको छ , राजनीतिमा युवाहरु नजिकिने भन्दा राजनीति बाट टाढिने क्रम बढ्दो छ । देशलाई काधमा बोक्ने क्षमता भएका युवाहरु मा यसरी राजनीति प्रति बितृष्णा पैदा हुनु देशको निम्ति पिडाको बिषय हो । 

भद्रगोल तथा अस्थिर राजनीति , चारैतिर मुख फर्काएर बसेका ठुला राजनीति दल तथा एक अर्काको बिरोध गर्न लागिपरेका तिनका कार्यकर्ता ले राजनीति प्रति आकर्षित युवालाई समेत निराश बनाएका छन । राजनीतिका निम्ति बिचार भन्दा पैसा महत्त्वपूर्ण हुन थालेको छ । माथि पुग्नलाई कि त नेताको प्रिय हुनै पर्ने , कि त टन्न पैसा हुनुपर्ने , जनताको प्रिय हुनेलाई सधै तलतिरै पारिरहने कारणले पनि राजनीति तर्फ आकर्षित युवाहरु पनि निराश बन्न बाध्य भएका छन् ।

युवाहरुमा धनको लालचा बढ्दो छ । धेरै धन कमाउने , आफ्नो परिवारलाई सुखसयलमा राख्ने चाहाना कसको पो हुन्न र ? यहि लालचाका कारण युवाहरु राजनीतिमा भन्दा विभिन्न बहानामा बिदेशीने क्रम बढेको छ। स्वदेशमा न्यून आय स्तर , स्वदेशमा कम पारिश्रमिक , ब्यबसायमा राजनीतिक हस्तक्षेप पनि युवाहरु बिदेशीनु का कारण हुन ।


Comments

Popular posts from this blog

आई लभ यु , डेभिड

"बा" - राजु पुडासौनी

पुरानो "प्रेम-पत्र"