नयाँ वर्ष २०८० को शुभकामना !

नयाँ दिन, नयाँ बर्षको ।

"भुइँमान्छे"

नयाँ जोस, जाँगर बोकेर आएको यो नयाँ वर्ष २०८० ले तपाईको सम्पुर्ण इच्छाहरु पुरा गरुन् ।

आफुलाई नङ्गाएका छन् रुख बोट बिरुवाले अब नयाँ पालुवाहरु पलाउने छन र सुन्दर र हराभरा बन्ने छन रुख बोटबिरुवाहरु । उराठ देखिएका डाडाँकाडाँहरुमा बर्षाका थोपाहरु सँगै पुनः हरियाली छाउने छन् , हिमालका फेदिहरुमा आफुलाई रातै बनाएर फुलाएका छन गुँरास पाखाहरुले । हिँउहरु मुस्कुराइरहेका छन् हिमालतिर । यतिबेला भर्खर युद्ध जितेर फर्किएका राता मान्छेको झ-झल्को दिइरहेछन हिमाली पाखाहरुले ।

पहाडका फेदिहरु, करेसाबारीहरु, आगनका डिलहरु, बारिका कान्लाहरुमा आप, आरु, आरुपखाडा, लिच्चि इत्यादी फुलफुलले चिचिला हालेका छन मिठा मिठा फलफुल जन्माउने अभिलाषामा । घरतिर फर्किएर रमाईरहेछन  र थपिरहेछन सुन्दरता घरलाई ।

 फेरिएको त साल मात्रै हो हिजो २०७९ थियो आजबाट २०८० । उहि छ बार, हिजो पनि शुक्रबार, शनिबार, आइतबार..... हरु नै सात बार थिए भोलि पनि पालै पालो यहि बारहरु घुमिरहन्छन् । गते उहि छ १,२,३,४ .............. अनि महिना पनि उहि छ, बैशाख, जेष्ठ, असार............  ।  साल फेरिदाको यो उमंग, हर्ष किन गते महिना र बार फेरिदा हुदैन होला ? हर दिन यहि उमंग र हर्षहरु कायम रहनु पर्छ ।

नयाँ बर्ष नयाँ संकल्प र नयाँ योजना बुन्ने दिन पनि त हो । हर संकल्पहरु पुरा हुनु पर्छ, हर योजनाहरुले गन्तब्य भेट्टाउनु पर्छ र हर मान्छेहरु सफल बन्नु पर्छ ।  

भित्तामा फेरिएको छ नयाँ क्यालेन्डर, फेरि आएको छ नयाँ वर्ष,  नयाँ सपना, नयाँ रहर, नयाँ जोस, नयाँ जागर बोकेर । थपेको छ हरेकको मुहारमा हर्ष, उमंग र खुसिहरु । आफ्नो जिन्दगीको सुन्दर पाटोहरुलाई पर्खिएर अनगिन्ति बर्षहरु आउदै जादै गरिरहेछन् । यो नयाँ वर्षले  ति पर्खिएका थकानहरु बिर्साएर त्यो सुन्दर पाटोलाई भेट्न सकोस् । फेरिएको क्यालेन्डर सँगै आएको हर्ष, खुसि, र उमंगले तपाइले आटेको , सोचेको र चाहेको हर इच्छा, चहाना, रहर र सपनाहरु पुरा गरुन् । यो २०८० को सुरुवातको दिनहरु जस्तै सधैं उमंग र हर्षमा यो बर्ष बितोस। तपाई सम्पुर्णमा शुभकामना ।


Comments

Popular posts from this blog

आई लभ यु , डेभिड

"बा" - राजु पुडासौनी

पुरानो "प्रेम-पत्र"