भुइँमान्छे मोबाइलमा म्यासेजको टोन बज्यो अर्ध निन्द्रामै थिए , मोबाइल हेरे '1 New message आशा' समय हेरे 5:38am । राति अबेरसम्म फोन गरेर सुतेका हामी, फेरि एकाबिहानै म्यासेज , हत्तपत्त खोलेर हेरे "I love you Devid, Love you a lot, n love you forever." कयौंपटक पढिरहे, मन प्रफुल्ल भयो , खुसिका वर्षा भएझैं लाग्यो । एक मनमा डर पनि लाग्यो कतै गलत म्यासेज त आएन ? गलत कसरी भनु ? नाम मेरै छ । खुसीले पागल सरि भए , जे चाहेको थिए त्यहीँ पाएको थिए । म भित्र भित्र उसलाई माया गर्थे तर भन्न सकिरहेको थिइन तर आज उसैले भनेकी थिइ । उसले पनि त प्रेम गरेको झै व्यवहार देखाउथी , मेरा सारा नोट सारिदिन्थि , प्राक्टिकलको सारा फाइल तयार गरिदिन्थी, हरेक दिन सम्झाइरहन्थि , यसो गर, उसो गर भनिरहन्थी , तर आजसम्म दुबैले माया गर्छौ भन्न सकेका थियौं । एक अर्कामा ब्यक्त गर्न नसके पनि हामी प्रेमी प्रेमिका झै थियौ । साथीहरू हामी दुइलाई जोडेर कुरा गर्थे । म मनमनै खुसि हुन्थे, उ पनि अनुहारमा मुस्कान पोत्थि । लाग्थो उ पनि भित्र भित्र रमाइ रहेकी छे । उसका हरेक क्रियाकलापमा म प्रेम ...
बा राजु पुडासौनी .................................... पाखो कोरेर सिकाए होलान् मलाई कुलेसो – क खरबारी मा- ख, गाईगोठ मा -ग ! नबनाको भए यती सुन्दर घर बाले – कसले गर्थो होला आबिस्कार घर जस्तो – ‘घ’ को? बा नभएको भए – यती बलियो हुन्थ्यो होला – ढोका को आग्लो ? ओत दिइरहन सक्थो होला छानो ले मात्रै ? सुनौलो नै हुन्थ्यो कि अर्कै हुन्थ्यो – धान ? हिरा नै चपाइन्थो कि अरु नै – थाल मा ? अरु केही छ कि छैन संसार मा बा को पसिना जस्तो अमुल्य रत्न ? सोच्दै छु – मेरो जिबन को बिम्ब के हुन्थ्यो होला बा ले कुलेसो मा पानी नबगाएको भए ? घाम ले बिहानै उज्ज्यालो ल्याउन सक्थ्यो कि सक्दैनथो – बा ले हास्न छोड्ने भए ! बा नै हुन् – आमालाई गुरास जस्तै फुलाउने – प्रकृति करेसाबारी लाई हरियो रङ पोत्ने – कुचिकार मेरो किताब बाट भैंसी झिकेर अक्षर राखिदिने महान- सर्जक ! अहो ! बाले ‘गोरु ‘ नभनेको भए कसरी जोत्थें हुला मैले जिबन का बाझाँ गराहरु र रोप्थें हुला – फुलिरहेका यि सपनाहरु ???? ...
एक जमाना थियो, खुबै लेख्थे, अनेक लेख्थे । आजकल म ति पुराना लेखहरु हरेर मुस्कुराउछु र जस्ताको त्यस्तै यता राख्दिन् मन लाग्यो । (१५ डिसेम्बर २०१५ मा फेसबुकमा पोस्ट गरेको) प्रिय मान्छे, लेख्न मिल्थ्यो या मिल्दैन थ्यो, हजुरसँग अनुमति माग्न मन लागेन,यदि मागेको भए हजुरले नलेख भन्नुहुन्थ्यो या लेख भनेर प्रोत्साहन गर्नुहुन्थ्यो यी केही थाहा छैन मलाई, लेख्न मन लागेपछि लेखिहाल्ने बानी परेको मलाई यो लेख्दै गर्दा मनले नलेख भनेन त्यसैले लेखे, नरिसाउनु है । "भुइँमान्छे" प्रिय मान्छे, कोहि मान्छेहरू भन्छन् जिन्दगी लामो छ अनि केही मान्छेहरू भन्छन जिन्दगी छोटो छ । म स्वयम् अचेल दुबिधामा परेको छु छोटो छ या लामो छ जिन्दगी, हुन त हजुर हरपल जिन्दगी लामो छ भन्नुहुन्छ, तर अचेल जुनबेला हजुर म सँग हुनुहुन्छ त्यो बेला एकदमै छिटो दौडिन्छ समय, जब म बाट छुट्टिनु हुन्छ , चल्दै चल्दैन घडिका सुइहरु । यस आधारमा म भन्न सक्छु कि, हजुरसँगै जीवन काट्न पाए भने छोटो, खुसि, रमाइलो र सन्तुष्ट हुनेछ जिन्दगी, यदि हजुर हुनुभएन् भने लामो, दुखि, निराश र उराठ बन्नेछ जिन्दगी । प्रिय मान्छे, चोखो प्रेम सधैं सुमधुर हुन्छ, च...
Comments
Post a Comment