"त्रिचन्द्रलाई आधुनिकीकरण गर्ने क्रान्तिको सुरुवात भयो" रावल
फाल्गुन १, काठमाडौं
महान जनयुद्ध प्रारम्भ भएको दिनको सम्झनामा अखिल (क्रान्तिकारी ) त्रिचन्द्र क्याम्पस कमिटीको को आयोजनामा २२ औँ जनुयद्ध दिवस सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पस कमिटी ले त्रिचन्द्र क्याम्पसका बिद्यार्थीहरु माझ चकलेट बितरण तथा टीका ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन अखिल (क्रान्तिकारी) का तर्फबाट त्रिचन्द्र क्याम्पसमा स्ववियु अध्यक्षका उम्मेदवार घोषणा गर्नुभएको क. केशव रावलले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै रावल भन्नू भयो "जहानिया राणा शासन अन्त्य गर्ने आन्दोलनमा को सुरुवात गंगालाल ले गरेपछि राणा शासनको अन्त्य भएको थियो , त्यसैगरी २२ बर्ष पहिले निरंकुश राजतन्त्र अन्त्यका निम्ति महान जनयुद्ध प्रारम्भ भएर राजतन्त्र नेपालको भुमीबाट अन्त्य गरेको थियो । त्यसैले त्रि-चन्द्र बाट एउटा क्रान्तिको आन्दोलन सुरु भएको छ , यसले क्याम्पसमा रहेको भ्रष्टाचार र गुन्डागर्दी अन्त्य गर्दै त्रिचन्द्रलाई आधुनिक क्याम्पस को रुपमा बिकाश गर्नेमा म विश्वस्त रहेको छु । त्यसैले आगामी स्ववियु चुनावमा हाम्रो जित सुनिश्चित छ, हामी हाम्रो झण्डा त्रिचन्द्रमा फर्फराउन कटिबद्ध छौं ।" रावलले आगामी स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) को प्यानललाई अत्याधिक बहुमतले बिजयी गराउन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा क्याम्पसमा अध्यनरत करिव ६००० भन्दा बेशी विद्यार्थीहरुलाई टिका लगाउनुको साथै चकलेट वितरण गरिएको थियो ।

Comments
Post a Comment