गन्थन मन्थन

भुइँमान्छे


पढ्नु छ, अल्छि लाग्यो सामाजिक सञ्जालमा आजकाल त्यति मन जादैन । के गर्ने? ल्यापटप लिएर बसे, लाग्यो शब्दहरु थुपारु, कोरे मनमा जे आउछ त्यहि मलाई थाहा छ यो लेख बन्दैन, निबन्ध कक्षा दश तिरै लेख्न तानब लाग्थो के लेख्नु ? कबिता, कथा लेख्न सक्ने भएकै छैन अझै । यो शव्दहरुको थुप्रो, भकारि बनाउनु छ र थन्काउनु छ जिन्दगीको उत्तरार्धमा ।

थाहा छ, बिगतमा फर्किएपछि, बर्तमानमा आउन कठिन हुन्छ । तर पनि मन भित्रको क्रान्तिकारी भाव उर्लिदिन्छ र भन्छ “अरे, क्रान्तिकारीहरु नै त हुन कठिन कामहरु गर्ने ।“ कुनै बेला जिन्दगीमा कुनै त्यस्ता पल थिए जुन मनले सम्झिदा आँखाहरुमा श्रावण बनिदिन्थे र बगाउथे सँगै हुने सपना । तर अपसोच, आजकाल अच्चमित हुन्छ यो मन त्यो बेलाको “म” पात्र देखेर । बेला फेरियो ? म फरिए ? पात्र पो फेरियो कि ? समय पनि त उहि छैन नि होइन र?

जिन्दगीमा “खास” लाग्ने मान्छेहरु भेट्दा, केहि लक्षणहरु देखा पर्दा रहेछन् र दोहोरि रहदा रहेछन् भेट्दा । अक्सर मुस्कान सहित झरि पर्दा आउने मान्छेहरु, उपहारमा श्रावण दिएर जादा पनि त रहेछन् । त्यो झरि, त्यो पार्क अनि त्यो छाता, मुटु बिझाइरहने “याद”हरु हुन् । बर्षात पछिको वातावरण धेरै सुन्दर देखिन्छ, झरि पछिको भन्दा । झरिले त धेरै समय सम्म अल्झाउछ मान्छेलाई, बिथोल्छ मान्छेलाई, हिलो बनाउछ बाटो र चिप्लाउछ मान्छेलाई । जसलाई झरि सँगै भेटियो उसले अल्झाइ रहे मनमा, बिथोली रहे जिवनमा र चिप्लाए, फछारे पटक पटक । त्यसैले अचेल लाग्छ अब झरिहरु नपरुन श्रावणमा बरु बर्षिनु भेल बग्ने गरि नै ठुलो पानी, आकास बाट होस् या आखाँ बाट !

क्याफे जानु, पार्क जानु अक्सर साथीहरुमा भन्दा प्रेमि-प्रेमिका बिच हुने गर्छन । सँगै बस्नु, चिया कफि पिउनु, खाजा खानु, पढाइका गफ गर्नु त सामान्य हुन् । एक अर्कामा हराउनु, माया प्रेमका कुरा गरि घण्टौं बिताउनु, कल्पनामा रम्नु, सँगै सपना सजाउनु प्रेम बाहेक अरु होला र? परिक्षा दिन बिहान ३ बजे सम्म गफिनु र ७ बजे परिक्षा हलमा पुग्नुमा पनि त आन्नद भेटिन्थे कुनै बेला । घण्टौं बोल्दा नि समय बितेका पत्तो नपाउनु, एक पटक बाई भनेपछि पनि बोलिरहनु सायद माया नभएर हुने कुरा होइनन होला नि है ?

यो शहर पुरातनवादी सोचले कतिन्जेल ग्रसित रहला ? चुरा फुटाएर माया जोख्ने, मेहन्दिका गाढा पनमा प्रेमको गाढा पन खोज्ने । उफ! चुराहरुले प्रेम ब्यक्त गर्थे भने प्रेममा धोका किन हुन्थे होला? सबैले चुरा ले माया जोख्थे र प्रेममा अघि बढ्ने वा पछि हट्ने गर्थे होला जसले गर्दा केहि प्रेममा पगल हुनु पर्ने वा आत्महत्या गर्नु पर्ने अबस्था आउन थिएन होला नि है? यतिसम्म सोच्न नसकेको  मस्तिष्कले कहिले सोच्न सक्ला कि बर्षौं अघि छाडेर हिडेको कोहि बेहिसाब प्रेम गरिरहेछन आजसम्म । बदलाका निम्ति प्रेमका नाटक गर्नेहरुले कहिल्यै बदलिएर प्रेम गर्न सकेनन् । साना गल्तिहरुको हजारै क्षमायाचना गर्दा पनि कान बहिरो हुनेहरुले कसरि तौलिए होला चुराले प्रेम ? चुरामा प्रेम जोख्नेहरुले बिबाह पश्चात श्रिमानको प्रेम जोखे कि जोखेनन् होला ? श्रिमानको निम्ति फोडिएको चुरा पनि दुइ टुक्रामा मात्रै टुक्रिए भने छाडेर हिड्छन कि हिड्दैनन् होला है ? पक्कै हिड्छन होला तर धन र आवरण हेरेर नजिक भएपछि चुराहरु फुटाउनु पर्दैन होला नि है?  छाडेर जानेहरु हुन हाँसी खुसि रहने, बदलिने र बिगत भुल्ने जो छाडिए उहि त हो सम्झिने र उहि गोरेटोमा पर्खिरहने, तर कतिन्जेल ?

खैर छाडौं, रात परिसक्यो, सुत्नु छ, आजकाल छिट्टै निन्द्रा लाग्छन !! कारण नसोध्नु नि !!

"भुइँमान्छे"

Comments

Popular posts from this blog

आई लभ यु , डेभिड

"बा" - राजु पुडासौनी

पुरानो "प्रेम-पत्र"