"बिद्यालय हाम्रो घर" बाल-कविता

छोरा छोरी झै माया गर्ने गुरु गुरुआमा हाम्रो !

अरु भन्दाआफ्नैं बिद्यालय लाग्छ सधै राम्रो !!
 
पढि लेखि ज्ञानी भई असल बन्ने रहर !
खेल्दै खेल्दै सिक्ने बिद्यालय हाम्रो घर !!

 
"भुइँमान्छे"


 गर्नु हुन्न झै-झगडा मिलनसार बनौं साथि !
 असल भई ज्ञानी भई बन्नु पर्छ जाती !!
 
 राम्रो बाटो हिडाउनुहुन्छ हामीलाई मिस सर !
 ज्ञान गुनका कुरा सिकाउने बिद्यालय हाम्रो घर !!
 





पढ्छौं लेख्छौं, नाच्छौं गाउछौं मिलि साथीभाइ !
फुर्सदमा खेल्छौं हामी पनि चउरमा रमाइ रमाइ  !!
 
नियमित जान्छौं बिद्यालय हुन्नौं पर पर !! 
असल बनि ठुलो बन्छौं, बिद्यालय हाम्रो घर !!

Comments

Popular posts from this blog

आई लभ यु , डेभिड

"बा" - राजु पुडासौनी

पुरानो "प्रेम-पत्र"