चिताबाट उठाएको लास

मुर्दा काँधमा बोकेर
ऊ हेर्नुस् त कोही आइरहेछ
मसानघाटको बाटो
चुक घोप्टाए झैँ
यी निष्पट रातहरुमा।

"भुइँमान्छे"



खै
कसरी देख्यो उसले कोही
त्यो मसानघाटबाट आउँदै गरेको?
ऊ आफैमा अचम्मित छ
देखेको हो त्यो बूढो आकृति
जसलाई पहिल्यै
राता मान्छेले ढलाएका थिए
हो त्यही बूढो मुर्दा बोकेर हिँडिरहेछ।

अरुले देखेनन्
उसले मात्रै देखिरह्यो
चिताबाट उठाएर लिई हिँडेको
त्यो लास.....

अँ त्यो लास
केटाको थियो या केटीको
धनीको थियो या गरिबको
हिन्दुको थियो या मुस्लिमको
ठूलो जातको थियो या सानोको
थियो त सिर्फ लास थियो।

त्यो बूढो मान्छे
बोकेर हिँडिरहेथ्यो लास।


(पहिलो पोस्टमा ९ साउन २०७२ मा प्रकाशित)

Comments

Popular posts from this blog

आई लभ यु , डेभिड

"बा" - राजु पुडासौनी

पुरानो "प्रेम-पत्र"