अयोध्या नेपालकै भन्नुको भित्रि रहस्य

"भुइँमान्छे"

नेपाली भाषाका आदिकवि तथा नेपाली भाषा रामायणका रचियता भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा भानुभक्तको भेसभुषामा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । सधैं टुक्का र हचुवाको भरमा बोल्ने बानी भएका ओलीले कुनै अध्ययन र अनुसन्धान बिना किन त्यसो भने त्यो त कि उनि जानुन कि त उनका आसेपासे र हनुमानहरु नै जानुन् । भोलि अयोध्या नेपालकै प्रमाणित होला वा नहोला त्यो पछिकै कुरा हो । बहस हुदै जाला त्यस बिषयमा  तर दुई बर्ष पहिले ११ मे २०१८ मा जनकपुरमा मोदिका जस्तै पोशाकमा रामायण सर्किटको सोच अनुसार दुइ देशबीच धार्मिक पर्यटनको विकासमा टेवा पुर्याउन भन्दै जनकपुर अयोध्या जनकपुर सिधा बस सेवाको उद्घाटन गरेका प्रधानमन्त्री ओलिले हिजो किन त्यसो भने ?  त्यस भित्र महत्वपुर्ण दुइ कारण लुकेको प्रष्ट देखिन्छ ।

जनकपुरमा उस्तै पोशाकमा सम्बोधन गर्दै ओलि  र मोदि
पहिलो  कारण

पार्टिमा जानकारी नै नगराइ सरकारले ल्याएको राजनीतिक दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रकरण पछि पार्टि भित्रै बाट सरकार र अध्यक्ष दुबै बाट हट्न ओलिलाइ दबाब परेपछिओलिले बिधानसम्मत बोलाउनु पर्ने स्थायि कमिटिको बैठक धकेल्दै आएका थिए । कोरोना कहर र बजेट ले केहि राहत पाएका ओलिले स्थायि कमिटिमा राजिनामाको कुनै एजेन्डा नबन्ने भएपछि मात्रै स्थायि कमिटिको बैठक बोलाउन राजि भएका थिए । असार १० गतेबाट सुरु भएको बैठकमा ओलिले आफ्नो राजिनामा माग्ने भेउ पाए पछि असार १४ गते  मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले बालुवाटार गरेको कार्यक्रममा भारतले नक्सा छापे  बापत आफुलाई हटाउन लागिपरेको र त्यसमा पार्टि भित्रका नेता पनि लागिपरको भन्ने बिबादास्पद अभिव्यक्ति पश्चात ओलिको राजिनामा पार्टि  भित्रै बाट मागिदै आएको छ ।

जनकपुरमा उस्तै पोशाकमा सम्बोधन गर्दै ओलि  र मोदि

नेपालमा राष्ट्रवादि बन्न भारतिय कार्ड फ्याक्ने प्रचलन कुनै नौलो भने होइन ! त्यसैको परिपेक्षमा अयोध्या नेपालमै पर्छ भन्ने अभिव्यक्ति आएको हो । यसरि अभिव्यक्ति दिइसकेपछि पार्टि  भित्र र बाहिर राजिनामा माग्नेलाई भारतिय दलाल करार गर्ने र आफुलाई महान राष्ट्रबादी कहल्याउन सजिलो पर्छ । पार्टि भित्र  राजिनामा माग्दै बहुमत द्वारा निर्णय गरिएमा पार्टि फुटाउने र भोलि यहि राष्ट्रवादले जनमत प्राप्त गरिन्छ भन्ने ध्येय ओलिको हुनु पर्छ । भारतले आफुलाइ हटाउन लागिपरेको भनेपछि लगत्तै आफ्ना भजनमण्डलीबाट सडकमा जयजकार सुनेका ओलिले फेरि यस्तै अपेक्षा राखेका हुनु पर्छ । आफू बाहेक अरुलाई भारतिय दलाल करार गर्नका निम्ति भनिएको वाणिले ओलि लाई स्थायि कमिटि बैठकमा क‍ति असर गर्ने हो त्यो भने हेर्न बाकी छ ।

दोस्रो कारण

सरकारको निति तथा कार्यक्रम प्रश्तुत हुने दिन बिहान सचिवालयमा छलफल गर्न पुगेका ओलिलाई बहुमत सदस्यले निति तथा कार्यक्रममै नक्सा प्रकाशित गर्नु पर्ने निर्देशन दिएपछि बढो कठिनाई साथ निति र कार्यक्रममा समावेश गरेको सरकारले नक्सा नछापि धरै पाएन् । नक्सा छाप्दा भारतिय सत्ता पक्ष आफु सँग चिढियो कि भनेर  बैचन भएका आलिले आफ्नो बिश्वासपात्र गोकुल बास्कोटालाई भारतिय दुतावास पठाएर के के बिन्ति बिसाए उनिहरु नै जानुन् । नक्सा छापेपछि पनि बार्ताका निम्ति सहज वातावरण निर्माण गर्नु भन्दा पनि उत्तेजित बनाउन लागिपेरका आलिलाई भुमि फिर्ता गर्ने आफ्नो बसको कुरा नरहेको प्रष्ट जानकारी छ । भारतिय सत्ता पक्षसँग राम्रो सम्बन्ध बनाएका ओलिले  त्यहि उत्तेजित बनाउने अभिप्रायले उनको अभिव्यक्ति आएको हो । यसरि भारतलाई चिढ्याउदै बार्तामा बस्ने वातावरण बिगारेमा आफु सरकारमा होउन्जेल भारतले वार्तामै बस्न चाहेन भन्ने र कदमकदाचित सरकार बाहिर बस्नु परेमा पनि  आफुले नक्सा प्रकासित गर्दिएपछि पनि भुमी फिर्ता गरेन भनेर कुतर्क गर्न सजिलो हुने ओलिको सोच हुनु पर्छ ।

पार्टि भित्र आफु बाहेकका नेतालाई भारतिय दलाल करार गर्ने र भारतियलाई उत्तेजित बनाउदै भोलि भुमि फिर्तामा कठिनाई बनाउने ध्येयमा ओलि छन भन्नेमा अत्युत्ति नहोला ।

Comments

Post a Comment

Popular posts from this blog

आई लभ यु , डेभिड

"बा" - राजु पुडासौनी

पुरानो "प्रेम-पत्र"