गजल


एक "गजल"
.
दुखाउने त हजार छन बाले भन्नुहुन्थ्यो
नदुखाउनु कसैको मन बाले भन्नुहुन्थ्यो
.
 "आशा"मेरो अङ्गालोमा मुस्कुरा'को देखेपछि
बन्नु तिमीहरू मुनामदन बाले भन्नुहुन्थ्यो

.
हामी त डाँडा माथिका घामहरु भइसक्यौ
सफल बनोस्  तिम्रो जीवन बाले भन्नुहुन्थ्यो
.
जात भात ठूलो सानो , केही हुदै होइन नि
तिमीबाट सुरु गर परिवर्तन बाले भन्नुहुन्थ्यो
.
जसरि नि "आशा"लाई मेरै बुहारी बनाउनु
प्रवाह नगर आफन्तजन बाले भन्नुहुन्थ्यो
.
©"भुइँमान्छे"

Comments

Popular posts from this blog

आई लभ यु , डेभिड

"बा" - राजु पुडासौनी

पुरानो "प्रेम-पत्र"