गजल

कुकुरको झै होला या मानिस झै मराई हेर्नू छ !
कसले देला संवेदना कस्ले देला बधाई हेर्नू छ!!
छोरी मात्रै छन मेरा दुनियाँ छोरा चाहिन्छ भन्छ !
कसले बोक्ला मेरो लास कस्ले झोस्ला सलाई हेर्नू छ !!
धेरै ठुलो , सुल्झाउन नसक्ने आपत परोस् मलाई !
को छन मेरा आफन्त को छन मेरा पराई हेर्नू छ !!
हरपल हसाउला , खुसि बनाउला भन्दै छिन प्रिया !
मुखको मात्रै हो कि भनाइ या हो गराई हेर्नू छ !!
छर्न त माया कै बिज छर्नु छ यो सहरै सहर भरि !
के फल्ला , मया या घृणा फलाई हेर्नू छ !!
पैसा पैसा भन्दै कुदिरहेछन् यी सारा मान्छेहरु !
मैले भने पैसा बिना यो जीवन चलाई हेर्नू छ !!
.

Comments

Popular posts from this blog

आई लभ यु , डेभिड

"बा" - राजु पुडासौनी

पुरानो "प्रेम-पत्र"