गजल
एक "गजल"
दुखाउने त हजार छन बाले भन्नुहुन्थ्यो
नदुखाउनु कसैको मन बाले भन्नुहुन्थ्यो
उनि मेरो अङ्गालोमा मुस्कुरा'को देखेपछि
बन्नु तिमीहरू मुनामदन बाले भन्नुहुन्थ्यो
हामी त डाँडा माथिका घामहरु भइसक्यौ
सफल बनोस् तिम्रो जीवन बाले भन्नुहुन्थ्यो
जात भात ठूलो सानो , केही हुदै होइन नि
तिमीबाट सुरु गर परिवर्तन बाले भन्नुहुन्थ्यो
©"भुइँमान्छे"

Comments
Post a Comment