गजल


 


मुटुभरिको माया तिमीलाई दिएर जादैछु 
बदलामा ती तिम्रा आँसुहरु लिएर जादैछु 

तिमी पराई बन्छौ होला , नभेटु भो भन्छौ होला
अन्तिम पटक तिम्रो अधर पिएर जादैछु

कता कता डुल्यौ होला, कहाँ कहाँ पुग्यौ होला
पुगेका ती हर चोकहरु सम्झिएर जादैछु .

एकल यात्री म हुनेछु , तिमीलाई सम्झि रुनेछु
यस्तै एउटा भिन्न जीवन जिएर जादैछु

पूरा हुन्थे तिमी हुदा आधा भाको छु अचेल
सगरमाथा सोच्थे आफ्लाई भत्किएर जादैछु



Comments

Popular posts from this blog

आई लभ यु , डेभिड

"बा" - राजु पुडासौनी

पुरानो "प्रेम-पत्र"