नयाँ जिन्दगी

फोन आयो रिसिभ गरे

"हजुर" म बोले

" के छ खबर ?" उताबाट आवाज आयो

"ठिक छु अनि तपाईं ?"

"के रे ? कहिले देखि म तेरो तपाईं भए , जतिसुकै मान खोज न, बिहे नभइ तँलाई तपाईं भन्दिनँ ।"

"अरे बिहे पछि नि तँ भन्नू ,मलाई हजुरले तँ भनेको मन पर्छ ।"

"बिहे पछि पनि तँ भने त सासू/ससुरा अनि समाजले के भन्लान ?"

"अरुले जे सुकै भनुन न , हजुर र म प्रेम गरेको थाहा पाए भने नि तपाईं , मेरो सासू/ससुरा अनि समाजले के भन्लान ?"

"के रे?"



थाहा छ, अब उ रिसाउछे र मलाई फकाउन आउदैन, उसलाई कहिल्यै मैले हजुर तपाईं भनेको मन पर्दैन तर मलाई ? उसलाई मन पर्दैन भनेर भनेको पटक्कै होइन । म त उसलाई सम्मान गर्न चहान्छु । यस्तो लाग्छ संसारमा आमाले झै माया गर्ने अर्को मान्छे उहीँ त हो । नत्र किन बिहान उठ्नु अघि आमाले जे भन्नुहुन्छ उ त्यहीँ किन भन्छे ? म पनि अचम्म मा छु ।

"अँ अनि तेरो खबर के छ ?"  कुरा छलिदिन्छु

"तेरो निश्चल माया पाउन्जेल केही हुदैन , जुन दिन तेरो माया पाउदिन अनि सोच्नुपर्ला ।"

"तँ सँग गफ गर्न हजार जिब्रो भएको शेषनागले त सक्दैनन् म के सकु ?" हारे झै बनिदिन्छु , कहिलेकाही उसलाई पनि त जिताउनु छ ।

"अँ खुब , परीक्षा तयारी कस्तो छ ?" मलाई थाहा छ उ मख्ख परेकी छे ।

"जिरो लेभलमा छ ।" म उत्तर फर्काउछु

"आहा, अब जिरो बाट के सुरु गर्न चहान्छस् ?"

"नयाँ जिन्दगी"

........ फोन काटियो , खै के बुझि , फोन आफैंले ट्राई गरे ब्यस्त भन्यो , उसले फोन गर्लि सोचे, गरिन, करिब १० मिनेट पछि आफैंले पुन: ट्राई गरे

उताबाट जबाफ आयो

"तपाईंले सम्पर्क गर्नुभएको मोबाइलको स्विच अफ गरिएको छ ।"

.....

©भुइँमान्छे


Comments

  1. Interesting phone conversation, zero understand!!😂😂😂

    ReplyDelete

Post a Comment

Popular posts from this blog

आई लभ यु , डेभिड

"बा" - राजु पुडासौनी

पुरानो "प्रेम-पत्र"