एक गजल

भुइँमान्छे


जब देश हाक्ने छन युवाहरुले
खालि डुल्नु पर्दैन बटुवाहरुले

कति गुलाफले मात्रै रजाइँ गर्नु
प्यार ब्यक्त हुनुपर्छ चुवाहरुले

जबर्जस्ती प्यार हुँदै हुन्न यार
पत्थर फुटाउनु पर्छ भुवाहरुले

उसको मनको तृष्णा मेटाउनु छ
जसरि तिर्खा मेट्छन कुवाहरुले

छोरालाई गजल लेख्न रोक्नुपर्छ
यस्तो निर्णय गरेछन बुवाहरुले


                           भुइँमान्छे

Comments

Popular posts from this blog

आई लभ यु , डेभिड

"बा" - राजु पुडासौनी

पुरानो "प्रेम-पत्र"