"एउटा मिठो पल"


भुइँमान्छे

म चाडै गोठालो बाट फर्कीए खै किन हो धेरैबेर बस्नै मन लागेन छटपटि मात्रै लागीरहेथ्यो । म फर्कदै गर्दा 'आशा'को कानमा सुटुक्क भनेथे । "ए आशा गोठालो बाट फर्केर पछि माथी चौतारीमा आउ ल !" उसले "किन" भनेर प्रश्न तेर्साई मैले भने "काम छ आउ न" । "हुन्छ" उसले भनि म भने गाईबस्तु लिएर घर तिर आए ।


घर पुगेपछि पनि घरमा अडिन मन लागेन खै के भएथ्यो मनमा । अनि हानिए चौतारी तिर । चौतारीमा कोहि थिएनन् मात्र थियो बर पिपलको जोडी । साच्चै सधै सँगै देख्थे यी जोडीलाई । मन ढुक्क फुलेको थियो । कसरी भनु म उस्लाई यि कुरा ? कतै उसले नराम्रो त लिने होईन ?? म चिन्तित थिए । घोत्लेर बसिरहेथे उ पनि एकै छिन मा आईपुगिछे । पछि बाट आएर मेरो आँखा छोपीन । म उनलाई टाढैबाट आखाले नदेखे पनि चिनी त हाल्थे नि । मैले भने "आशा" आशा : "कसरि चिनेको नि " अनि मैले भनेथे "तिम्लाई पनि त चिन्दिन होला त ?" उ पनि गोठालोमा म बिना एक्लै बस्न सकिनछे र त फर्किहालीछे अनि मैले भनेको ठाउमा आईछे ।

 हुनत मैले आज सम्म भनेका के चाहि उस्ले मानेकी थिईन र तर पनि अनेक
प्रश्न तेर्साउथी मलाई जबाफ दिनको हैरान । "किन बोलाको डेभिड अघि भर्खर त गोठालोमा सङ्गै थियै तर त्यहा त केहि पनि भनेनौ त । अनि किन अनुहार पनि त मलिन छ " मैले आफु दह्रो भएर भनेथे "आशा मैले भन्थे नि तिमीलाई म एउटी केटिलाई औधी माया गर्छु !" आशा :"अँ अनि के भयो त " म : "हो आज म तिमीलाई त्यो केटि को हो भनम भनेर बोलाको नि तिमी रिसाउदा त रिसाउदैनौ ।" आशा "त्यति भन्न पनि यहाँ बोलाउनु पर्छ त ल भनन त त्यो भाग्यमानी को रहेछ चिनुँ म पनी ।" अनुहार हेरेथे तिम्रो मलिन थियो । अझै भन्दै थिए ति आखाले त्यो मान्छे मै भैदिए । 

खल्तिमा हात घुसारेर एउटा फोटो देखाउदै भनेको थिए "यि यहि मान्छे हो मैले माया गर्ने" तिमी छक्क परेकि थियै एकै पटक तिम्रो आखामा चमक देखेथे अति खुसि दिखिएकि थियै तिमी । मैले सोधे "आशा यि मान्छे कस्तो लाग्यो तिम्लाई ? संसारको सबैभन्दा राम्री छे हगी ।" मलाई प्याट्ट छातीमा पिट्दै यि नै छातिमा टासिएर आशु बगाएको थियै खुसिको हर्षको भनेकी थियै "डेभिड मलाई सधै यसरी नै माया गर्नु ल ।"

त्यसदिन धेरै बेर एक अर्काको अङ्गालोमा बाधिएको यो चौतारी आज फेरि सुस्ताउन आईपुगेको छु धेरै बर्ष पछि तर म एक्लै । यि अङ्गालोले तिमीलाई नै खोज्दैछ आशा तर तिमी ......

Comments

Popular posts from this blog

आई लभ यु , डेभिड

"बा" - राजु पुडासौनी

पुरानो "प्रेम-पत्र"