आई लभ यु , डेभिड
![]() |
| भुइँमान्छे |
मोबाइलमा म्यासेजको टोन बज्यो
अर्ध निन्द्रामै थिए , मोबाइल हेरे '1 New message आशा' समय हेरे 5:38am । राति अबेरसम्म फोन गरेर सुतेका हामी, फेरि एकाबिहानै म्यासेज , हत्तपत्त खोलेर हेरे
"I love you Devid, Love you a lot, n love you forever." कयौंपटक पढिरहे, मन प्रफुल्ल भयो , खुसिका वर्षा भएझैं लाग्यो । एक मनमा डर पनि लाग्यो कतै गलत म्यासेज त आएन ? गलत कसरी भनु ? नाम मेरै छ ।
खुसीले पागल सरि भए , जे चाहेको थिए त्यहीँ पाएको थिए । म भित्र भित्र उसलाई माया गर्थे तर भन्न सकिरहेको थिइन तर आज उसैले भनेकी थिइ । उसले पनि त प्रेम गरेको झै व्यवहार देखाउथी , मेरा सारा नोट सारिदिन्थि , प्राक्टिकलको सारा फाइल तयार गरिदिन्थी, हरेक दिन सम्झाइरहन्थि , यसो गर, उसो गर भनिरहन्थी , तर आजसम्म दुबैले माया गर्छौ भन्न सकेका थियौं ।
एक अर्कामा ब्यक्त गर्न नसके पनि हामी प्रेमी प्रेमिका झै थियौ । साथीहरू हामी दुइलाई जोडेर कुरा गर्थे । म मनमनै खुसि हुन्थे, उ पनि अनुहारमा मुस्कान पोत्थि । लाग्थो उ पनि भित्र भित्र रमाइ रहेकी छे ।
उसका हरेक क्रियाकलापमा म प्रेम भेट्थे, अलि भिन्न प्रेम । म अरु केटीसँग अलि खुलेर कुरा गर्दा पनि रिसाउथी, म पनि त उ अरु केटासँग जिस्किदा रिसाउथे ।
मैले एकदिन कुरै कुरामा भनिदिएको थिए ,"आशा हामी दुई एक बनौ न है ।"
" अनि के हामी फरक छै र डेभिड ?" उसले भनेकी थिइ ।
" अनि के हामी फरक छै र डेभिड ?" उसले भनेकी थिइ ।
म कल्पनामा डुबिदिन्थे उसँगै घरजम गरेको, सँगसँगै मेलापात डुलेको , आगनमा बालबच्चा डुलेको , अनि के के हो के के । मलाई चिमोट्दै भन्थि
"ओई , कता हराएको ?"
"तिमी भित्र। "
"कल्पनामा नडुब, कल्पनामै सिमीत बनिदेला ।"
"तिमी भित्र। "
"कल्पनामा नडुब, कल्पनामै सिमीत बनिदेला ।"
यसो मोबाइल हेरे , अहिले पनि कल्पना मा त छैन ? चिमोटे आफैंलाई , दुखो , म्यासेज फेरि हेरे उहीँ छ । फोन गरे
उताबाट उसले हल्लो भन्न नपाई उ बोली
"हेप्पि अप्रिल फुल डेभिड । झुक्कियौ कि नाई ?"
म अबाक भए, मोबाइल भुइँमा बजारियो ..
उताबाट आवाज आयो
"के भयो , के भयो डेभिड !" ...................................................
उताबाट उसले हल्लो भन्न नपाई उ बोली
"हेप्पि अप्रिल फुल डेभिड । झुक्कियौ कि नाई ?"
म अबाक भए, मोबाइल भुइँमा बजारियो ..
उताबाट आवाज आयो
"के भयो , के भयो डेभिड !" ...................................................
डेभिड ढकाल "भुइँमान्छे"

Happy april fool dai
ReplyDelete